कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्यार्थी बनेर राष्ट्रिय सभा प्रवेश गरेको थिएँ, शिक्षक बनेर जाँदैछु : सांसद मल्ल 

कान्तिपुर संवाददाता

काठमाडौँ — राष्ट्रिय सभामा पस्ने बेला विद्यार्थीको रूपमा पसेको र बाहिरिँदा शिक्षक बनेको सांसद कालीबहादुर मल्ले सुनाएका छन् । राष्ट्रिय सभा सदस्यको रूपमा कार्यकालको अन्तिम दिन राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्दै मल्लले आफूले सफलताको प्रमाणपत्र लिएर बाहिरिन लागेको बताए । 

विद्यार्थी बनेर राष्ट्रिय सभा प्रवेश गरेको थिएँ, शिक्षक बनेर जाँदैछु : सांसद मल्ल 

मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा मल्लले संवैधानिक र कानुनी प्रक्रियाअनुसार नै पदमुक्त हुन लागेको बताए । पहिलो संविधानसभामा निर्वाचित उनले त्यतिबेलाको तितो अनुभव सुनाए । पहिलो संविधानसभाको अन्तिम दिन बिहान ११ बजे संविधानसभा बैठकमा आएको तर राति मर्यादापालकले तपाईंहरूको समय सकिएको भनेर बाहिर निकाल्दा चोरझैं निस्किनुपरेको उनले सम्झिए ।

राष्ट्रिय सभा सदस्यका रूपमा भने सफल कार्यकाल सकेर बाहिरिन लागेको उनको भनाइ थियो । 'महाविद्यालयमा भर्ना भएको थिएँ, निस्किने बेला शिक्षक भएर निस्किने लक्ष्य थियो । राष्ट्रिय सभालाई संविधानले परिकल्पना गरेको महाविद्यालयको रुपमा पाएँ । शिक्षकको रूपमा रिटायर हुन लागेको छु,' उनले भने, 'अहिले प्रमाणपत्रसमेत लिएर निस्किन लागेको छु ।'

राष्ट्रियसभाबाट जनताको चाहना र इच्छाअनुसारका कानुन निर्माण गर्नुपर्ने सांसद मल्लको आग्रह थियो ।

सम्बन्धित समाचारः

राष्ट्रिय सभाका दुई वर्ष ‘कभी खुसी कभी गम’ : सांसद ओली

प्रकाशित : फाल्गुन २०, २०७६ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?