कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चीन र भारतकाे राजदूत उच्चस्तरीय राजनीतिक नेतृत्वकाे हुनुपर्छ : परराष्ट्रमन्त्री

जगदिश्वर पाण्डे

काठमाडौँ — परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनका लागि नेपाली राजदूत लीलामणि पौडैललाई फिर्ता बोलाउने निर्णय कार्यसम्पादन नभएर चीन र भारतजस्ता देशहरुमा उच्चस्तरीय राजनीतिक नेतृत्वकाे राजदूत हुनुपर्ने बताएका छन् ।

चीन र भारतकाे राजदूत उच्चस्तरीय राजनीतिक नेतृत्वकाे हुनुपर्छ : परराष्ट्रमन्त्री

‘भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यको कार्यसम्पादन राम्रो भइरहेको छ । लीलामणि पौडेलको पनि राम्रो छ,’ ज्ञवालीले भने, ‘तर चीन र भारतजस्ता देशमा उच्चस्तरीय राजनीतिक नेतृत्व चाहिन्छ ।’

पौडेललाई आइतबारको मन्त्रीपरिषद्को बैठकले फिर्ता बोलाएको छ । पौडेलको ठाउँमा चीनका लागि नेपाली राजदूतमा पूर्व परराष्ट्रमन्त्री तथा नेकपा नेता महेन्द्रबहादुर पाण्डेलाई पठाउने निर्णय गरेको छ ।

किन फिर्ता बोलाइए लीलामणि ?

यस्तै कोरोना प्रकोपका कारण चैतमा हुने भनिएकाे सगरमाथा संवाद स्थगित गरिएको पनि मन्त्री ज्ञवालीले बताए । साेमबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले उपयुक्त समयमा आयोजना गरिने बताए ।

प्रकाशित : फाल्गुन १९, २०७६ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?