२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जगदिश्वर पाण्डे

जगदिश्वर पाण्डेका लेखहरु :

कूटनीतिमा पनि प्रधानमन्त्रीको राजनीति

प्रधानमन्त्री पुष्पकमल दाहालले परराष्ट्रमन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण नाटकीय रूपमा रोकिदिएका छन् । राष्ट्रसंघीय मानवअधिकार परिषद्को ५२ औं सत्रमा सहभागी हुन मन्त्रिपरिषद्ले नै गरेको निर्णयअनुसार मन्त्री पौड्याल नेतृत्वको टोली आइतबार साँझ त्यसतर्फ उड्न लागेको थियो । टोली गए पनि मन्त्रीलाई रोकिएको हो । 

अमेरिकाबाट सत्तारुढ डेमोक्र्याटिक पार्टीका ५ सांसद शुक्रबार नेपाल आउँदै

अमेरिकी कंग्रेसको माथिल्लो सदनका चार सिनेटर र तल्लो सदनका एक सदस्यसहित अमेरिकी डेमोक्र्याटिक पार्टीका सांसदहरूको एक समूह शुक्रबार नेपाल आउने भएको छ । परराष्ट्र मन्त्रालयको उच्च स्रोतले अमेरिकी टोली नेपाल आउन लागेको कान्तिपुरलाई पुष्टि गरेको हो ।

‘प्रधानमन्त्री र माओवादी अध्यक्षले अनुमोदन गर्ने पत्र नै दिनुभएको छ’

एमसीसीको विषयमा नेपालको आर्थिक तथा राजनीतिक वृत्तमा सघन बहस भइरहेको छ । एमसीसीको नजरमा यो सम्झौता अहिले कुन अवस्थामा छ ? डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्स, एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको कुराकानी :

एमसीसी टुंगो गर्न अमेरिकी सहायक विदेशमन्त्री लुले दिए मंसिर २८ को समयसीमा, भने– ‘नभए अन्यत्र लैजान्छौं’

नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) सम्झौता नेपालले लिने कि नलिने भन्ने यही मंसिर २८ गतेसम्म टुंगो गर्न समयसीमा दिएका छन् ।

नेपाल–चीन सीमा वार्ता गर्न पहल

नेपाल र चीनबीच सीमा सम्बन्धमा उब्जेका प्रश्नहरूका विषयमा दुईपक्षीय कूटनीतिक वार्ता गर्न अनौपचारिक गृहकार्य सुरु भएको छ । परराष्ट्र मन्त्रालय र नेपालस्थित चिनियाँ दूतावासका पदाधिकारीले सीमासम्बन्धी सवालका विषयमा अनौपचारिक कुराकानी गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिए । ‘अनौपचारिक पहल भइरहे पनि औपचारिक पत्राचार भने अहिलेसम्म भएको छैन,’ उनले भने ।