१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

मन्त्रिपरिषद् बैठक : चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाइयो

अर्याललाई सचिवमा बढुवा, पाँच सचिवको सरुवा
जयसिंह महरा

काठमाडौँ — चीनका लागि नेपाली राजदूत लीलामणि पौडेललाई १५ दिनभित्र नेपाल फिर्ता हुने सरकारले निर्देशन दिएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले राजदूत पौडेललाई स्वदेश फर्किन १५ दिने म्याद दिएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठक : चीनका लागि नेपाली राजदूत पौडेललाई फिर्ता बोलाइयो

नाम उल्लेख नगर्न आग्रह गर्दै ती मन्त्रीले पौडेललाई फिर्ता बोलाउनुको कारण भने थाहा नभएको जानकारी दिए । 'मन्त्रिपरिषद् बैठकमा किन फिर्ता गराउन लागिएको भन्‍नेबारे छलफल भएन तर चीनका लागि नेपाली राजदूतलाई १५ दिनभित्र फिर्ता हुन समय दिइएको छ,' ती मन्त्रीले भने ।

चीनमा कोरोना भाइरसको प्रकोप बढिरहेको बेला राजदूतलाई फिर्ता बोलाइएको हो । सहसचिव एकनारायण अर्याललाई बढुवा गर्ने निर्णय भएको पनि ती मन्त्रीले जानकारी दिए ।

त्यसैगरी मन्त्रिपरिषद्को बैठकले पाँच सचिवलाई सरुवा गरिएको ती मन्त्रीले जानकारी दिए । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव यादव कोइरालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयामा सरुवा गरिएको छ ।

भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिवलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिएको छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिवालाई उद्योग तथा वाणिज्य मन्त्रालयमा सरुवा गरिएको छ भने उद्योग मन्त्रालयका सचिवलाई महिला मन्त्रालयमा सरुवा गरिएको ती मन्त्रीले जानकारी दिए ।

प्रकाशित : फाल्गुन १८, २०७६ २१:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?