कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घोषणा नहुँदै ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट अलग्गिए पूर्वडीआईजी खरेल

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबार घोषणा गर्ने भनिएको ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट पूर्वडीआईजी रमेशप्रसाद खरेलको समूह अलग्गिएको छ । अभियानको औपचारिक घोषणा नहुँदै खरेलसँगै पूर्वकायममुकायम रक्षा सचिव देवेन्द्र सिटौला र राजकुमार यादवसहितको समूह अलग्गिने भएको हो ।

घोषणा नहुँदै ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियानबाट अलग्गिए पूर्वडीआईजी खरेल

भ्रष्टाचारविरोधी, सुशासन, राष्ट्रहित र नागरिकका हक अधिकारलाई केन्द्र राखेर घोषणा गरिने भनिएको अभियानमा ज्ञानेन्द्र शाहीलाई राखिएपछि तीनै जना तत्‍कालका लागि अलग्गिएका हुन् । कान्तिपुरसँगको कुराकानीमा खरेलले भने, ‘हामी अहिलेका लागि समूहमा रहँदैनौँ । घोषणासभामा हामी उपस्थित हुँदैनौँ ।, भएका साथीहरुले कार्यक्रम अगाडि बढाउनुहोला ।ज्ञानेन्द्र शाही अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन्।

पूर्वनिर्धारित कार्यक्रमबाट अलग्गिएको प्रति सार्वजनिक रुपमै माफी मागेको र भोलिका दिनमा त्यहीअनुसार अघि बढ्ने खरेलले बताए । बिहीबार अपरान्ह काठमाडौंमा एक कार्यक्रमको अयोजना गरी हाम्रो नेपाल, हामी नेपालीअभियानको घोषणा गर्ने तयारी थियो । तर आन्तरिक विवाद चुलिएपछि खरेल, सिटौला र यादवको समूह अलग्गिएको हो ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए।

सम्बन्धित समाचार

पूर्वडीआईजी रमेश खरेल नयाँ दल खोल्दै

प्रकाशित : फाल्गुन १५, २०७६ १२:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?