कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पूर्वडीआईजी रमेश खरेल नयाँ दल खोल्दै

मातृका दाहाल

काठमाडौँ — नेपाल प्रहरीका पूर्वडीआईजी रमेशप्रसाद खरेलले नयाँ दल खोल्‍ने भएका छन् । पार्टी स्थापनाको उद्देश्यले उनले 'हाम्रो नेपाल हामी नेपाली' अभियान आफ्नै संयोजकत्वमा स्थापना गरेका हुन् । अभियानको औपचारिक घोषणा भने बिहीबार एक कार्यक्रमबीच गरिने खरेलले बताए । 

पूर्वडीआईजी रमेश खरेल नयाँ दल खोल्दै

कान्तिपुरसँग कुरा गर्दै खरेलले भ्रष्टाचारविरोधी अभियान, सुशासन, राष्ट्रहित, नागरिकका हक अधिकारलाई केन्द्रमा राखेर अभियानलाई सक्रिय बनाइने बताए । सुरुमा ६ महिनासम्म संगठनलाई अभियानको रुपमा जनतामाझ लैजाने र त्यसपछि प्राप्त सल्लाह, सुझावअनुसार राजनीतिक दलका रुपमा अघि बढाउने योजना रहेको खरेलले बताए ।

२०७४ माघ २८ गते प्रहरी महानिरीक्षकमा सर्वेन्द्र खनाललाई बढुवा गरिएपछि खरेलले पदबाट राजीनामा दिएका थिए ।

खरेल संयोजक रहेको अभियानमा रक्षा मन्त्रालयका पूर्वकायममुकायम सचिव देवेन्द्र सिटौला, आफूलाई भ्रष्टाचारविरोधी अभियन्‍ता बताउने ज्ञानेन्द्र शाही लगायत पनि आबद्ध छन् । अभिव्यक्ति र कार्यशैलीका कारण विवादित शाही नेपालका लागि नेपाली अभियानबाट हटाइएका व्यक्ति हुन् ।


पूर्वप्रशासक, पूर्वसुरक्षाकर्मी, पूर्वप्राध्यापकलगायतलाई पनि संगठनमा ल्याउनेबारे छलफल भइरहेको बताइएको छ । यद्यपि पहिलो घोषणा सभामा भने पूर्वडीआईजी खरेल र पूर्वसचिव सिटौला रहनेछन् ।

प्रकाशित : फाल्गुन १४, २०७६ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?