नेपाल ट्रस्टको सम्पत्ति बारे जानकारी दिन रक्षामन्त्रीले जारी गरे श्‍वेतपत्र

कृष्ण ज्ञवाली

काठमाडौँ — नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल ट्रस्टका सम्पत्ति र त्यसको व्यवस्थापन बारे जानकारी दिन मंगलबार श्वेतपत्र जारी गरेका छन् ।

ट्रस्टको ९० प्रतिशत जग्गा यति समूहलाई दिएको भन्दै सरकारको चौतर्फी विरोध हुन थालेपछि उनले सो निर्णयको बचाउ गर्दै श्वेतपत्र जारी गरेका हुन्। श्वेतपत्रमा हालसम्म नेपाल ट्रस्टको नाममा २१ हजार रोपनी जग्गा भेटिएको उल्लेख गरिएको छ।


यस्तै श्वेतपत्र दरबारमार्ग र ताहाचलको जग्गा यती होल्डिङ्सलाई लिजमा दिँदा क्रमश: पुष्पकमल दाहाल र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको उल्लेख गरिएको छ।



रक्षामन्त्री पोखरेललेश्वेतपत्र जारी गर्दै ट्रस्टबाट आम्दानी भएको रकम शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगाइने पनि स्पष्ट पारेका छन्।


यती समूहले गोकर्ण रिसोर्टको लिज अवधि ५ वर्ष बाँकी रहँदै थप २५ वर्षलाई पाएपछि ओली सरकारमाथि प्रश्न उठ्न थालेको थियो।

प्रकाशित : फाल्गुन १३, २०७६ १६:४६

ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेप्सेमा ४३ अंकको वृद्धि    

रासस

काठमाडौँ — शेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार ४३.०२ ले  बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ४३.०२ ले बढेर एक हजार ५४५.१९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ८.७५ ले वृद्धि भई ३२६.५६ मा पुगेको छ ।     

नेप्सेको उच्च अंकको वृद्धिसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १८० कम्पनीको ७० लाख ५९ हजार ७१२ कित्ता शेयर २ अर्ब ९९ करोड २१ लाख ६० हजार ५२४ मूल्य बराबरको शेयर कारोवार भयो ।

कारोवार भएका कूल १२ उपसमूहमध्ये सबै उपसमूहको शेयर वृद्धि भएको छ । त्यसमा बैंकिङ १२.८९, व्यापार ४७.०९, होटल ११.२२, विकास बैंक ४४.४९, जलविद्युत् ४६.५१, वित्त १९.४२, निर्जीवन बीमा ३०७.०९, उत्पादन ११८.४२, अन्य ५१.०३, लघुवित्त ८३.४४, जीवन बीमा ६७३.४९ र सामूहिक लगानी कोष ०.०९ ले वृद्धि भयो ।

स्टकका अनुसार कारोबारका आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १६ करोड ३३ लाख ५१ हजार १६८ बराबरको कारोबार भई शीर्ष स्थानमा रह्यो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १४ करोड ३६ लाख १५ हजार १८२, शिखर इन्स्योरेन्स कम्पनी १० करोड ६५ लाख ३४ हजार ३६२, नेको इन्स्योरेन्स ९ करोड ४२ लाख ७७ हजार ५७९, एनएमबी बैंक ९ करोड ३५ लाख ९ हजार ६६६ र एनआइसी एसिया बैंकको ९ करोड सात लाख ५५ हजार ८५७ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार गुराँस लाइफ इन्स्योरेन्स, हिमालयन डिस्टिलरी र स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाउँदा युनिलिभर नेपाल ९.९९, शिखर इन्स्योरेन्स ९.९८, र लाइफ इन्स्योरेन्स कम्पनीका शेयरधनीले ९.९३ प्रतिशतले कमाए । त्यस्तै दिव्यश्वरी हाइड्रोपावर ३.६३, प्रोगेसिभ फाइनान्स २.६७, रिलायन्स फाइनान्स २.६४, एभरेष्ट बैंक १.९२, एनआइब्एिल प्रगति फण्ड १.१७ र पाँचथर पावर कम्पनीका लगानीकर्ताले ०.७६ प्रतिशतले गुमाए ।

प्रकाशित : फाल्गुन १३, २०७६ १६:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×