कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पप्पु कन्स्ट्रक्सनसहित ६ अन्य कम्पनी सरकारी कालोसूचीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले पप्पु कन्स्ट्रक्सन प्रा.लिसहित अन्य छवटा निर्माण कम्पनी, आपूर्तिकर्ता र त्यसका मुख्य व्यक्तिलाई कालोसूचीमा राखेको छ ।

पप्पु कन्स्ट्रक्सनसहित ६ अन्य कम्पनी सरकारी कालोसूचीमा

अनुगमन कार्यालयले पुप्पु कन्स्ट्रक्सनलाई ३ वर्षका लागि कालोसूचीमा राखेको हो भने अन्य ५ कम्पनी र तिनका मुख्य व्यक्तिलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ ।




अन्य ५ कम्पनीमा निशा सप्लायर्स, हेटौंडा र त्यसका मुख्य व्यक्ति अशोक न्यासुर, श्रीदेव सप्लायर्स, काठमाडौं र त्यसका मुख्य व्यक्ति दामोदर दुलाल, सूर्योदय निर्माण एण्ड हाउजिङ कम्पनी प्रा. लि. र त्यसका मुख्य व्यक्ति विष्णुकुमार कडरिया, बारा कन्स्ट्रक्सन, काठमाडौं र एचबीकेसी निर्माण सेवा, सिन्धुपाल्चोक र त्यसका मुख्य व्यक्ति हरिबहादुर खत्री रहेका छन् ।


प्रकाशित : फाल्गुन ५, २०७६ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?