कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

एमसीसीबारे बोल्ने अधिकार अध्यक्षद्वयलाई छैनः नेता रावल

जयसिंह महरा

काठमाडौँ — नेकपा स्थायी समिति सदस्य भीम रावलले एमसीसीबारे अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई बोल्ने अधिकार पार्टी केन्द्रीय समितिले नदिएको बताएका छन् ।

एमसीसीबारे बोल्ने अधिकार अध्यक्षद्वयलाई छैनः नेता रावल

पार्टी केन्द्रीय कमिटीको बैठकले एमसीसी अध्ययन गर्ने जिम्मा झलनाथ खनाल संयोजक तथा भीम रावल र प्रदीपकुमार ज्ञवाली सदस्य रहेको अध्ययन कार्यदललाई दिएको बताउँदै उनले एमसीसीको प्रतिवेदन नआउँदै पार्टीका कुनै व्यक्तिलाई बोल्ने अधिकार नभएको बताएका हुन्

प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा र संसद बाहिर पनि एमसीसी पारित हुन्छ भन्दै दिएको अभिव्यक्तिबारे सोधिएको प्रश्नमा नेता रावलले केन्द्रीय समितिले कार्यदललाई एमसीसी अध्ययनको जिम्मा दिएकाले यसबारे कसैलाई पनि बोल्ने अधिकार नभएको बताएका हुन् । 'म पनि सार्वजनिक रूपमा एमसीसीबारे बोल्थें नि! कार्यदललाई जिम्मा दिएकाले नबोलेको हो,' रावलले भने, 'नेकपाको पूर्ण बैठकबाट कार्यदल गठन हुने निर्णय बमोजिम गम्भीर विषयमा छलफल गर्ने कार्यादेश प्राप्त भएको छ । कार्यादेशलाई कुनै पनि व्यक्तिले अन्य अर्थ लगाएर कुरा गर्‍यो भने त्यो औचित्यहीन हुन्छ ।'


नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि एमसीसी अगाडि बढ्ने बताउँदै आएका छन् ।

एमसीसीबारे नेकपाले गठन गरेको कार्यदलको म्याद थपपछि आइतबार बैठक बसेको थियो । बैठकपछि सञ्चारकर्मीहरुलाई नेता रवालले एमसीसीबारे कार्यदलले इन्डो प्यासिफिक रणनीतिको विषयसँग रहेर अध्ययन गरिरहेकाले प्रतिवेदन तयार गर्न केही ढिला भएको बताए ।

एमसीसीसँग सम्बन्धित एक दर्जन समझदारी भएको पाइएको रावलले बताए । उनले एमसीसी मातहत भएका समझदारीको बारेमा अध्ययन भइरहेकाले समय लागेको बताए ।


दोस्रो पटक थपिएको म्यादभित्रै एमसीसी अध्ययन कार्यदलले प्रतिवदेन बुझाउने कार्यदलका सदस्यहरूबीच समझदारी भएको पनि रावलले जानकारी दिए ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : फाल्गुन ४, २०७६ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?