कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु [अपडेट]

घरेलु कामदार पनि मृत फेला

काठमाडौँ — आफ्‍नै घरको भान्छा कोठामा घाइते अवस्थामा फेला परेकी पूर्व सचिव अर्जुन कार्कीकी श्रीमती मुना कार्कीको उपचारको क्रममा सानेपास्थित स्टार अस्पतालमा निधन भएको छ । ललितपुर उपमहानगरपालिका-२, सानेपामा रहेको घरको भान्छा कोठामा गम्भीर घाइते अवस्थामा फेला परेकी कार्कीको टाउकोमा गहिरो चोट लागेको थियो ।

पूर्व सचिव अर्जुन कार्कीकी श्रीमतीको उपचारको क्रममा स्टार अस्पतालमा मृत्यु [अपडेट]

घटनास्थलमा पुगेको प्रहरीले उनको उद्धार गरी स्टार अस्पताल पुर्‍याएको थियो ।

यस्तै कार्कीको घरमा काम गर्ने दाङ स्थायी घर भएका अन्‍दाजी २२-२३ वर्षका विजय चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् ।

अस्पताल प्रशासनले जानकारी दिए अनुसार श्रीमती कार्कीको टाउकोमा धेरै गम्भीर चोट लागेको छ भने घाँटी र हातमा पनि निलडामको घेरा देखिन्छ । 'उनको टाउकोमा गहिरो चोट थियो । हाम्रा चिकित्सकहरु ४५ मिनेटसम्म सीपीआर दिएर रिभाइभ गर्ने कोसिस गर्‍यौं । तर त्यो सफल हुन सकेन,' अस्पताल प्रशासन स्रोतले भने ।



बिहान घरबाहिर निस्किएका पूर्व सचिव कार्की घर फिर्ता हुँदा सो अवस्था देखेर चिच्याएपछि जम्मा भएका छिमेकीले तत्काल प्रहरीलाई खबर गरेका थिए ।


त्यसलगत्तै घरमा पुगेको प्रहरीले श्रीमती कार्कीलाई जीवित नै रहेको फेला पारेपछि अस्पताल लगेको थियो । 'प्रहरी घर पुगेर छाम्दा पल्स भेटिएपछि उहाँलाई नजिकै रहेको स्टार अस्पताल लगिएको हो,' महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेकप्रसाद राईले भने, 'उहाँको अवस्था निकै गम्भीर थियो । यस्तै कामदारको भने मृत्यु भइसकेको अवस्था थियो ।'



परिसरका मुद्दा शाखाका डिएसपी सन्तोष तामाङका अनुसार अहिले घटनास्थलको मुचुल्का गर्ने कार्य भइरहेको छ । सो क्रममा भान्छा कोठामा रहेको टेबुलमा साग र मोबाइल फोन फेला परेको छ भने चौधरी डाइनिङ रुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

प्रहरीले थप अनुसन्धान भइरहेको बताएको छ ।

प्रकाशित : माघ २७, २०७६ १३:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?