प्रमुख प्रतिपक्षी कांग्रेसले नेकपाले नेतृत्व गरेका स्थानीय तहमा राहत वितरणमा पक्षपात भएको आरोप लगाएको छ । कांग्रेस पदाधिकारीको शनिबार बसेको पदाधिकारी बैठकले राहत वितरण न्यायोचित, पारदर्शी र व्यवस्थित बनाउन आग्रह गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले शनिबार ५१औं स्थापना दिवस मनाइरहँदा विधानतः गर्नुपर्ने महाधिवेशनको समय घर्केको एक वर्ष ९ महिना भएको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण भए/नभएको जाॅच गर्न ‘घुम्ती परीक्षण शिविर’ सञ्चालन गर्न माग गरेको छ । अहिले सरकारले परीक्षण गर्ने केन्द्र विस्तार गर्नु सकारात्मक भए पनि पर्याप्त नभएको कांग्रेसले बताएको छ ।
प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणविरुद्ध जुध्न एक भएर अगाडि बढ्न पूर्वप्रधानमन्त्रीहरुलाई आग्रह गरेका छन् ।
कांग्रेस अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले बुधबार राजीनामा दिएका छन् । पूर्वमन्त्रीसमेत रहेका चौधरीले पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, डडेलधुरा सभापति कर्ण मल्ल, कैलालीका नेता पुष्करनाथ ओझामाथिको कारबाहीको सिफारिसमा असन्तुष्टि जनाउँदै अनुशासन समितिबाट राजीनामा दिएका हुन् ।
बुधबार राजधानीमा भएको राप्रपा एकीकरण घोषणा सभा पार्टीका नेता सुनील थापाले बहिस्कार छन्। पूर्वमन्त्री थापा राप्रपा संस्थापक एवं पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा हुन्।
२०७४ सालको चुनाव दौरान फरक पार्टीबाट कांग्रेसमा प्रवेश गरेका मध्य केन्द्रीय समितिमा एकजनाले पदाधिकारी र १३ जनाले सदस्यको जिम्मेवारी पाएका छन् । यस्तै ९ जना आमन्त्रित केन्द्रीय सदस्य भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त (राप्रपा संयुक्त)बीच शनिबार साँझ एकीकरण गर्ने सहमति भएको छ । राप्रपा अध्यक्ष कमल थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशेर राणा र प्रकाशचन्द्र लोहनीले पार्टी एकीकरण गर्ने १० बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् ।