कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

यौन दुर्व्यवहार आरोपी निलम्बित एसएसपी राणाद्वारा आत्मसमर्पण

मातृका दाहाल

काठमाडौँ — यौन दुर्व्यवहारको आरोप लागेका नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) शौरभ शमशेर राणाले जिल्ला प्रहरी कार्यालय सुनसरीसमक्ष आत्मसमर्पण गरेका छन् ।

यौन दुर्व्यवहार आरोपी निलम्बित एसएसपी राणाद्वारा आत्मसमर्पण

धरानकी एक महिलामाथि यौन दुर्व्यवहार गरेको आरोपमा गृह मन्त्रालयले राणालाई बिहीबारले निलम्बन गरेको थियो । निलम्बनको भोलिपल्ट शुक्रबार ती महिलाले राणाले आफूमाथि बलात्कार गरेको आरोपमा सुनसरी प्रहरीमा जाहेरी थिइन् ।

राणामाथि यौन दुर्व्यवहारको आरोप लागेपछि गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। समितिले राणामाथि थप अनुसन्धान गर्नुपर्ने राय दिएको थियो ।राणालाई सुनसरी प्रहरीको नियन्त्रणमा राखिएको छ ।

२०४९ मा प्रहरी सेवा प्रवेश गरेका राणा यसअघि डीएसपी हुँदा झापा त्यसपछि एसपीको रुपमा पूर्वक्षेत्रीय ट्राफिक कार्यालय इटहरी र जिल्ला प्रहरी कार्यालय सुनसरीमा बसेका थिए । हाल उनी संघीय प्रहरी ईकाइ धरानको प्रमुख रहेकै बेला निलम्‍बनमा परेका थिए ।


यो पनि

एसएसपी शौरभ राणा निलम्बित

प्रकाशित : माघ १९, २०७६ १४:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?