कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अग्‍नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश फुँयालले हेर्न नमिल्ने

काठमाडौँ — सभामुखका उम्मेदवार अग्‍नि सापकोटाविरुद्धको मुद्दा सर्वोच्चका न्यायाधीश हरि फुँयालले हेर्न नमिल्ने भएको छ ।

अग्‍नि सापकोटाविरुद्धको मुद्दा न्यायाधीश फुँयालले हेर्न नमिल्ने

सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतको न्यायातधीश नियुक्त हुनु अघि कानुन व्यवसायीका रूपमा बहस गरेकाले फुँयालले उक्त मुद्दा हेर्न नमिल्ने भएको सर्वोच्च अदालतका सञ्चार विज्ञ किशोर पौडेलले जानकारी दिए ।

सापकोटाविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा अब अर्को पेशी तोकिने भएको छ । आइतबारको पेशीमा उक्त मुद्दा फुँयालको एकल इजलासमा परेको थियो ।

शुक्रबार त्रिपाठीले दायर गरेको रिटमा सापकोटा द्वन्द्वकालमा व्यक्ति हत्यामा संलग्न रहेको आरोप लगाउँदै पक्राउ गरेर अनुसन्धान गर्न पनि माग गरिएको थियो । त्यस्तै, उनी विरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलसमा र सत्य निरुपण तथा मेलमिलाप आयोग लगायतमा मुद्दा रहेकाले सभामुखमा निर्वाचित हुनबाट रोक्न त्रिपाठीको रिटमा माग गरिएको थियो ।

उक्त मुद्दाको पेशी आइतबार बिहान १० बजे तोकिएको थियो । न्यायाधीश फुँयालको इजालसमा उक्त रिटमाति बहस हुने भएपछि सापकोटाविरुद्धको मुद्दामा बहस गरेका उनले उक्त मुद्दा हेर्न मिल्ने कि नमिल्ने भन्ने प्रश्न उठेको थियो ।

सुशील प्याकुरेललगायत ८ जनाले २०७२ सालमा हालेको मुद्दामा सापकोटाविरुद्ध फुँयालले बहस गरेका थिए ।

सम्बन्धित समाचारः

अग्नि सापकोटाविरुद्ध परेको रिटमाथि आज सर्वोच्चमा प्रारम्भिक सुनुवाई


प्रकाशित : माघ १२, २०७६ ११:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?