'सिद्धबाबा'लाई पुर्पक्षका लागि थुनामा राख्न विराटनगर उच्च अदालतकाे आदेश- समाचार - कान्तिपुर समाचार

'सिद्धबाबा'लाई पुर्पक्षका लागि थुनामा राख्न विराटनगर उच्च अदालतकाे आदेश

देवनारायण साह

मोरङ — विराटनगर उच्च अदालतले फरार 'सिद्धबाबा'लाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएकाे छ ।

अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी आश्रम छाडेर बिहीबार भारतर्फ फरार छन् ।

याे पनि :

बलात्कार आरोपी ‘सिद्धबाबा’ भारततर्फ फरार


प्रकाशित : माघ ९, २०७६ १७:५८
प्रतिक्रिया
पठाउनुहोस्

चन्द समूहका जिल्ला नेताले गरे काठमाडौं प्रशासनसमक्ष आत्मसमर्पण

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका एकजना कार्यकर्ताले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा आत्मसमर्पण गरेका छन् ।

चन्द समूहमा संखुवासभा जिल्ला तहका नेता धनबहादुर विश्वकर्माले बिहीबार काठमाडौं प्रशासन समक्ष आत्मसमर्पण गरी स्वतन्त्र नागरिकका रुपमा रहने गरी निवेदन दिएका हुन् । काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी जीवन आचार्यले विश्वकर्माले चन्द समूह परित्यागको निवेदन दिएको पुष्टि गरे ।

आचार्यले कान्तिपुरसँग भने, ‘उहाँले स्वतन्त्र नागरिकको हैसियतमा रहने गरी चन्द समूह परित्यागको घोषणासहित निवेदन दिनुभएको छ ।’ संखुवासभा मादीका विश्वकर्मा चन्द समूहमा रहेर संखुवासभासहित पूर्वका विभिन्न जिल्लामा सक्रिय थिए ।

विक प्रहरीको खोजी सूचिमा पनि थिए । सरकारले चन्द समूह परित्याग गरेर शान्तिपूर्ण जीवनयापन गर्नेलाई कारबाही नगरिने जनाइसकेको छ । सहायक प्रमुख जिल्ला अधिकारी आचार्यले शान्तिपूर्ण जीवनयापनका लागि विकले निवेदन दिएकोमा प्रशासनले स्वागत पनि गरेको बताए ।

प्रकाशित : माघ ९, २०७६ १७:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×