कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

बलात्कार आरोपी ‘सिद्धबाबा’ भारततर्फ फरार

देवनारायण साह

मोरङ — अनुयायी एक महिलालाई बलात्कार गरेको मुद्दा खेपिरहेका सुनसरीको बराहक्षेत्र चतरास्थित रामानन्दाचार्य सेवापीठका संरक्षक ‘सिद्धबाबा’ भनिने ४५ वर्षीय कृष्णबहादुर गिरी आश्रम छाडेर बिहीबार भारतर्फ फरार भएका छन् ।

बलात्कार आरोपी ‘सिद्धबाबा’ भारततर्फ फरार

उच्च अदालत विराटनगरमा उनी विरुद्धको जबर्जस्ती करणी मुद्दामा बिहीबार सुनुवाई चलिरहेको बेला फारततर्फ फरार भएका हुन् । उच्च अदालतका मुख्य न्यायधीश तिलप्रसाद श्रेष्ठ र न्यायधीश हरिप्रसाद बगालेको इजलासमा उनको मुद्दाको सुनुवाई भइरहेको बेला सुरक्षा गार्डलाई जोगबनी नाकाबाट फर्काएर भागेको प्रहरी स्रोतले जनाएको छ ।


गिरी आफ्ना केही अनुयायीसहित ग १ च ८१५७ नम्बरको जीपमा भारतर्फ भागेका हुन्। सुनसरी जिल्ला अदालतबाट धरौटीमा छुटेपछि सुरक्षा चुनौती रहेको भन्दै सुरक्षा माग गरेपछि उनको सुरक्षाका लागि प्रहरी हवल्दार मुकेश साहलाई खटाइएको थियो ।

एकछिन जोगबनी पुगेर आउने भन्दै प्रहरी हवल्दार साहलाई नाकामा छाडेर गिरी भारततर्फ भागेका हुन् । प्रहरी नायब उपरीक्षक मानबहादुर राईले सिद्धबाबा भारत पुगेपछि प्रहरीको सम्पर्कमा नआएको स्वीकारे ।

प्रकाशित : माघ ९, २०७६ १७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?