कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दामन घटना छानबिन गर्न समिति गठन

१५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने 

काठमाडौँ — मकवानपुरको दामनस्थित एभरेष्ट पानोरमा रिसोर्टमा निसासिएर मंगलबार मृत्यु भएका ८ भारतीय पर्यटकको घटनाबारे पर्यटन विभागले छानबिन गर्ने भएको छ ।

दामन घटना छानबिन गर्न समिति गठन

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका अनुसार पर्यटकको सुरक्षामा रिसोर्टका तर्फबाट कमीकजोरी भएको हो या होइन ? लगायतका विषयमा छानबिन हुनेछ । ‘दामनको घटना निकै गम्भीर छ,’ पर्यटनमन्त्री भट्टराइले कान्तिपुरसँगको कुराकानीमा भने, ‘एउटै कोठामा ८ जना किन सुताइए ? रिसोर्ट व्यवस्थापन वा अतिथि कसको कमीकमजोरी भएको हो ? कारबाही गर्नुपर्ने विषय भएमा कारबाही हुनेछ ।’


मन्त्रालयको निर्देशन अनुसार छानबिन समितिले यस घटनाको स्थलगत अध्ययन गरी १५ दिन्भित्र प्रतिवेदन बुझाउनुपर्ने छ ।


छानबिन समितिको नेतृत्व विभागको होटल शाखाका निर्देशक सुरेन्द्र थापालाई तोकिएको छ । यसमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, होटल संघ नेपाल र पर्यटक प्रहरी प्रमुख (निरीक्षक) र होटल विभागकै शाखा अधिकृत तिलक रिजाल सदस्य छन् ।


यो पनि पढ्नुहोस्ः

दामनबाट उद्धार गरिएका ८ भारतीयको मृत्यु, मृतकमध्ये ४ नाबालक

हिटर बालेर सुतेकाहरू उठेनन्, किन एसी नराखेको ?

प्रकाशित : माघ ८, २०७६ १९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?