दैलेखका अपहरित गाउँपालिका अध्यक्ष मुक्त

ज्योति कटुवाल

दैलेख — नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले अपहरण गरेका ठाँटीकाँध गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाही १८ घण्टापछि अपहरणमुक्त भएका छन् । 

ZenTravel

कालीकोटको शुभकालिका गाउँपालिका–१ को जंगलबाट आइतबार साँझ ६ बजे उनलाई उद्धार गरिएको हो। ठाँटीकाँध–२ को आफ्नेै घरबाट गएराति अपहरणमा परेका उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले उद्धार गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी हरिबहादुर ओलीले बताए।

प्रहरीले तीनतिरबाट घेरा हालेपछि चन्द समूहका कार्यकर्ताले छोड्न बाध्य भएको उनले बताए। अपहरण गर्ने चन्द समूहका कार्यकर्ता फारार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी ओलीले जनाए। यता अपहरणको जिम्मा लिँदै चन्द समूहले गाउँपालिकामा अनियमितता भएको भन्दै अपहरण गरेको जनाएको छ। प्रदेश प्रहरी प्रमुख डिआइजी पूर्णचन्द्र जोशीले जंगलमा कुन ठाउँमा लैजाने भन्ने छलफल गरिरहेको बेला घेरा हालेर अपहरणमुक्त गरेको बताए। प्रहरीले गोली चलाएपछि चन्दसमूहका कार्यकर्ताभाग्दै गर्दा शाहीलाई उद्धार गर्न सहज भएको उनको भनाइ छ।

गत राति पटकपटक ढोका ढक्ढक्याएपछि एकैपटक १५/१६ जनाको समूह घरभित्र प्रवेश गरी अध्यक्षलाई उठाएको उनकी श्रीमती इलाले बताइन्। उनले भनिन्, ‘समूहका एक जनाले सोधपुछ गर्नुछ फर्काइहाल्छौं भनेर श्रीमानलाई लिन खोजेपछि आफू पनि सँगै गएकीहुँ।'

बोल्न थालेपछि हतियारधारी समूहले हल्ला किन गर्नुहुन्छ भन्दै धम्क्याए पनि आफू चुप लागेर श्रीमानसँगै हिँडेको बताइन्। श्रीमानसँगै गएकी उनलाई करिब दुई घण्टा हिँडाएपछि वडा नम्बर–२ को जंगलमा फर्काएको बताइन्। तपाईं नफर्के अध्यक्षलाई जे पनि हुनसक्छ भन्दै धम्काएपछि श्रीमानको मुख हेरेर फर्किएको उनले बताइन्।

प्रकाशित : पुस ६, २०७६ २०:२६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन आन्दोलन सुरु भयो : उपप्रधानमन्त्री यादव

कान्तिपुर संवाददाता

मोरङ — उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री उपेन्द्र यादवले मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउनुपर्ने बताएका छन् । 

मैथिली एशोसिएशन नेपालको आयोजनामा आइतबारदेखि विराटनगरमा सुरु भएको दुई दिने १७ औँ अन्तर्राष्ट्रिय मैथिली सम्मेलनको उद्घाटनपछि समाजवादी पार्टीका अध्यक्षसमेत रहेकायादवले यस्तो बताएका हुन् ।

‘हामीले आन्दोलनमार्फत मुलुकमा संघीय गणतन्त्र स्थापना गर्न सफल भएकोहौँ ।अब मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउने आन्दोलन सुरु भएको छ,’ यादवले भने, ‘नेपाल र भारतस्थित मिथिला क्षेत्रमा मैथिली भाषामा शिक्षाको व्यवस्था गर्नुपर्छ ।’ मैथिली संस्कारको संरक्षणका लागि मैथिली भाषाको संरक्षण आवश्यक रहेको उनको भनाइ छ । ‘नेपालको दोस्रो ठूलो भाषा मैथिली कमजोर अवस्थामा छ,’ उनले भने, ‘मैथिली भाषा समाप्त भए संसारको प्राचीन मिथिला संस्कार र संस्कृतिसमेत लोप भएर जान्छ त्यसैले यसको संरक्षण आवश्यक छ ।’

सम्मेलनमा तीन दर्जनभन्दा बढी व्यक्तिलाई मिथिला रत्नले सम्मान गरिएकाे थियो।सम्मेलनमा नेपाल, भारत, अमेरिकालगायतका देशबाट २ सय बढी प्रतिनिधिहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रकाशित : पुस ६, २०७६ २०:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×