१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

नौबिसे–नागढुंगा सडक मर्मत : सवारी जामले बिरामीको बाटोमै मृत्यु 

हरिहरसिंह राठौर

धादिङ — सवारी जामले रौतहटबाट उपचारका लागि काठमाडौं जाँदै गरेका बिरामीको मृत्यु भएको छ । 

रौतहटको गरुडा ८ निवासी ३५ वर्षका रुपलाल साहको पृथ्वीराजमार्गस्थित महादेवबेंसी बजारमा जाममा परेको बेला बिहान ५ बजे मृत्यु भएको आफन्तले बताएका छन् । बिरामी ना ७ ख ५३६४ नम्बरको गाडीमा चढेरका थिए ।

नौबिसे–नागढुंगा सडक मर्मत : सवारी जामले बिरामीको बाटोमै मृत्यु 

शुक्रबार बिहान २ बजेबाट जाम सुरु भएको थियो । आफन्तका अनुसार मृतक साह मृगौलाका बिरामी थिए ।


नौबिसे-नागढुङ्गा सडक मर्मतले विगत ४ दिनदेखि सवारी आवागमन प्रभावित हुँदै आएको छ ।

यो पनि

नौबिसे–नागढुंगा सडक मर्मतको असर : ३० किमिसम्म सवारी जाम

प्रकाशित : आश्विन १०, २०७६ ०९:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?