मलेसियाको स्वास्थ्य परीक्षण नि:शुल्क : मलेसियन दूतावास

काठमाडौँ — काठमाडौंस्थित मलेसियन दूतावासले कामदारको स्वास्थ्य परीक्षण नि:शुल्क भएको जनाएको छ । दूतावासले नेपालमा कामदारले भुक्तानी गर्ने शुल्क रोजगारदाताले मलेसिया पुगेपछि पहिलो महिनाको तलबमा फिर्ता गर्ने जनाएको छ ।

मलेसियाको स्वास्थ्य परीक्षण नि:शुल्क : मलेसियन दूतावास

नेपाल र मलेसियाबीच सम्पन्न श्रम समझदारीअनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबारदेखि सञ्चालन गरेपछि बायोमेडिकल समावेश भइसकेका ३६ वटा स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण सुरु गरेको छ । दूतावासका अनुसार स्वास्थ्य परीक्षणको शुल्क ४ हजार ५ सय, बायोमेडिकल सेवा शुल्क २८ सय रुपैयाँ र नेपाल सरकारलाई बुझाउनुपर्ने भ्याट शुल्क ३ सय ६४ रुपैयाँ गरी कुल ७ हजार ६ सय ६४ रुपैयाँ तोकिएको छ । यो शुल्क दुई देशबीचको संयुक्त प्राविधिक समूहले टुंगाएको हो ।


मलेसिया : निरन्तर अनुगमन आवश्यक

मलेसियाले स्वास्थ्य मापदण्ड पुग्ने स्वास्थ्य संस्थालाई बायोमेडिकल प्रणालीमा समावेश गर्दै लैजाने जनाएको छ । नोभेम्बरको पहिलो साता आउने टोलीले नेपाल सरकारबाट प्रस्तावित ८६ वटा नयाँ स्वास्थ्य संस्थालाई निरीक्षण गर्ने दुई देशबीच सहमति भएको छ ।


प्रकाशित : आश्विन १, २०७६ ११:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?