कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँके घटनालाई लिएर कांग्रेसद्वारा आज पनि संसद अवरुद्ध

काठमाडौँ — बाँकेको घटनालाई लिएर सोमबार पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध पारेको छ । सोमबार ३ बजेको संसद बैठकमा राष्ट्रिय जागरण अभियानका क्रममा बाँकेमा कांग्रेसका जिल्ला सभापतिलगायतका कार्यकर्तामाथि आक्रमण गर्ने दोषीलाई कारबाही गर्न सरकारले आलटाल गरेको र दोषीलाई तत्काल कारबाहीको माग गर्दै कांग्रेसले संसद अवरुद्ध पारेको हो ।

बाँके घटनालाई लिएर कांग्रेसद्वारा आज पनि संसद अवरुद्ध

बैठकको सुरुमै समय मागेर बोल्दै नेपाली कांग्रेसकी सांसद पुष्पा भुसालले कांग्रेसका नेता र कार्यकर्तामाथि सत्ता पक्षक‌ै स्थानीय नेता तथा कार्यकर्ताको हुल गएर कांग्रेस जिल्ला सभापति लगायतका कार्यकर्तालाई आक्रमण गर्नेलाई कारबाही गर्न माग गरिन् ।


बाँके घटनाका दोषीलाई कारवाही हुन्छ : गृहमन्त्री

उनले जागरिण अभियानमा सत्तारुढ दलकै स्थानीय नेताबाट त्यस्तो हर्कत हुनु विडम्बना भएको र त्यस विरुद्धमा स्थानीय तहमा नै कारबाही माग गरिएको भएपनि सरकारले वेवास्ता गरेको बताइन् । उनले भनिन्, 'कांग्रेसले संविधान, कानुनी शासन र विधिको प्रक्रिया अपनाउन आवाज उठायो । हामीले घटनाको किटानी जाहेरी दर्ता गरियोस् भनेर सदनबाट आवाज उठायौं । दुईपटक सदनमा कुरा उठाएपनि ती आवजलाई सरकारले गम्भीरतापूर्वक लिएन । प्रमुख प्रतिपक्षी दललाई सदन अरुद्ध पार्न सरकारले बाध्य पार्‍यो ।'


त्यसपछि कांग्रेसले उठेर संसद अवरुद्ध पारे । त्यति गर्दा पनि नभएर वेल अगाडि नै गएर संसद अवरद्ध पारे । सभामुख कृष्णबहादुर महराले पटकपटक 'माननीय सदस्यहरु बस्नुस्, मेरो कुरा सुन्नुस् माननीय सदस्यहरु' भने पनि विपक्षी सांसदहरुले विरोध गरिरहे ।करिव ३५ मिनेटसम्म संसद अवरुद्ध भएपछि सभामुख महराले आगामी बुधबार ११ बजेसम्मलाई संसद स्थगित भएको जानकारी दिए ।


नेपालगन्जमा कोइरालामाथि भएको आक्रमण सुनियोजित हो : कांग्रेस प्रवक्ता शर्मा

का‌ंग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत हिजो बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति कोइराला लगायतका का‌ंग्रेसकार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो।


आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको थियो। नेपालगञ्जस्थित वेष्टर्न अस्पतालमा उनको उपचार गरिएको थियो। सो अस्पतालका चिकित्सक डा विनोद थापाका अनुसार सभापति कोइरालाको हातको नाडीदेखि माथिको हड्डी भाँच्चिएकाले प्लाष्टर गरिएको थियो।


कांग्रेस बाँकेका सभापति कोइरालामाथि आक्रमण गर्ने मध्ये तीन पक्राउ, तीनको खोजी गरिँदै

केन्द्रीय प्रतिनिधि विद्याप्रसाद खनाललगायत दर्जनौं कार्यकर्तामाथि सुनियोजित एवं सांघातिक हमला भएको र यो राज्य प्रणालीलाई कमजोर बनाउने नियतले गरिएको कांग्रेसको आरोप छ । राजनीतिक दलको शान्तिपूर्ण कार्यक्रम बिथोलेर समाजलाई उत्तेजित बनाई प्रणालीलाई कमजोर बनाउने नियत सरकारसम्बद्ध दलबाटै हुनु विडम्बना भएको भन्दै कांग्रेसले भर्त्सना गर्दै आएको छ।

प्रकाशित : भाद्र ३०, २०७६ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?