कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पत्रकारको पुनर्बहालीको माग गर्दा ९ पत्रकार पक्राउ

काठमाडौँ — प्रहरीले सिहंदरबारस्थित रेडियो नेपालको प्रांगणबाट नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहाल र नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीसहित ९ जनालाई पक्राउ गरेको छ ।

पत्रकारको पुनर्बहालीको माग गर्दा ९ पत्रकार पक्राउ

रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलबाट निष्कासन गरिएका तीन पत्रकारलाई पुनर्बहाली गर्न माग गर्दै धर्ना दिने क्रममा उनीहरूलाई सोमबार अपरान्ह रेडियो नेपाल प्रांगणबाट पक्राउ गरिएको हो । रेडियो नेपालको दिपायल प्रसारण केन्द्रबाट पत्रकारहरू प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई केही समयअघि निष्काशन गरिएको थियो ।


पक्राउ परेकामा महासंघका सचिव दाहाल, प्रेस युनियनका महासचिव शिवाकोटी, पत्रकार महासंघका केन्द्रीय सदस्यत्रय जन्मदेव जैसी, यम बिरही र मीन बम, प्रकाश बम, चक्र कुँवर, दिलीप पौडेल र योगेन्द्र बलायर छन् ।


महासंघका सचिव दाहालको नेतृत्वको टोलीले समस्या समाधानका लागि सुरुमा छलफलका लागि बोलाए पनि रेडियो नेपाल पुग्दा प्रशासनले नमानेपछि वार्ता भंग भएको र तालाबन्दी गर्ने क्रममा प्रहरीले ९ पत्रकारलाई पक्राउ गरेको हो । उनीहरूलाई महेन्द्र पुलिस क्लब प्रदर्शनीमार्गमा लगेर राखिएको छ ।


प्रमुख प्रतिपक्षी कांग्रेस, पत्रकार महासंघ, प्रेस युनियनले सोमबार नै विज्ञप्ति जारी गरी गिरफ्तार पत्रकारलाई तत्काल रिहा गर्न र रेडियो नेपालबाट निष्काशित तीन सञ्चारकर्मीलाई पुनर्बहाली गर्न माग गरेका छन् । विज्ञप्तिमा कांग्रेस, महासंघ र युनियनले पुनर्बहाली नगरे अझ ठूलो आन्दोलनमा उत्रने चेतावनीसमेत दिएका छन् ।


यो पनि पढ्नुहोस्:

पत्रकार हटाइएकोमा विरोध

प्रकाशित : भाद्र ३०, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?