कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७३

पत्रकार हटाइएकोमा विरोध

डोटी — लामो समयदेखि रेडियो नेपालको प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत ३ पत्रकारलाई कारणबिनै हटाइएको भन्दै डोटीका पत्रकार आन्दोलित भएका छन् ।

समितिले सुनीता रावल, प्रकाश बम र चक्र कुँवरको म्याद नथपेर हटाएको हो । रेडियो प्रसार समितिको साउन ३१ गतेको निर्णयअनुसार उनीहरूको करार सेवा अवधि नथप्ने निर्णय गरिएको हो ।


उनीहरूलाई हटाइएको विरोधमा नेपाल पत्रकार महासंघ डोटी शाखाले गत मंगलबारबाट रेडियो नेपालमा निरन्तर आन्दोलन गरिरहेको छ । पत्रकार महासंघ जिल्ला शाखा डोटीका अध्यक्ष योगेन्द्र बलायरले बिनाकारण श्रमजीवी पत्रकारलाई हटाइएकाले आन्दोलनमा उत्रनु परेको बताए ।


महासंघले बिनासर्त तत्काल बर्खास्तमा परेका पत्रकारहरूको पुनर्बहालीको माग गर्दै आएको छ । उनीहरूको ठाउँमा नवराज जोशी, लोकेश अधिकारी र दीर्घ खत्रीलाई दैनिक ज्यालाका आधारमा नियुक्ति दिइएको छ । पत्रकार सुनीता रावलले आफूहरूलाई फरक राजनीतिक आस्था राखेका आधारमा हटाइएको आरोप लगाइन् ।


खुला प्रतिस्पर्धाबाट १० वर्षअघि नियुक्त भएकी रावलले आफुहरूलाई हटाउनुको कारण पनि नदिएको तथा कार्यालयभित्र प्रवेशमासमेत रोक लगाएकाले आश्चर्यमा परेको बताइन् ।

प्रकाशित : भाद्र ७, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?