कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गाउँपालिका अध्यक्षको जाहेरीले उपाध्यक्ष र वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा, ७ वर्ष कैद र ७० हजार जरिवाना माग दाबी 

रामेछाप — दुई करोड चन्दा नदिए ज्यान मार्ने धम्की दिएको भन्दै रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोबिन्दवहादुर खड्काले आफ्नै उपाध्यक्षसहित ५ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । 

गाउँपालिका अध्यक्षको जाहेरीले उपाध्यक्ष र वडाध्यक्षसहित ५ जनाविरुद्ध मुद्दा, ७ वर्ष कैद र ७० हजार जरिवाना माग दाबी 

अध्यक्ष खड्काको जाहेरीले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ बमोजिम उपाध्यक्ष दिपशिखा न्यौपाने दाहाल, वडा अध्यक्ष सुवास बोहोरा, नेकपाका नेता संजीव कार्की, लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई ७ वर्ष कैद र ७० हजार जरिवाना माग दाबीसहित जिल्ला सरकारी वकिल कार्यालयले काठमाडौं जिल्ला अदालतमा आइतबार मुद्दा दायर गरेको छ ।


खड्काले प्रतिवादी बनाएका मध्ये लोप्सन भन्ने बाबुराम तामाङ र अमृत तामाङलाई साउन २४ गते प्रहरीले काठमाडौंको सामाखुसीबाट नियन्त्रणमा लिएको थियो । सादा पोसाकका प्रहरीले नियन्त्रण लिन खोज्दा भाग्न लागेपछि प्रहरीले चलाएको गोली तामाङको घुँडामा लागेको थियो । उनीको प्रहरी नियन्त्रणमा उपचार भइरहेको छ ।


जबरजस्ती चन्दा माग्ने प्रतिवादी बनाइएकी उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराले बाबुराम तामाङलाई प्रयोग गरी आफूबाट २ करोड माग गर्न लगाएको र नदिए आफू र परिवारका सदस्यलाई मार्ने सम्मको धक्की दिएको आरोप खड्काले लगाउँदै आएका छन् । किटानी जाहेरीमा नाम नपरेका नेकपाका नेता कार्की समेत प्रहरीको अनुसन्धानबाट दोषी देखिएकाले उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर भएको खड्काले वताए ।


तर उपाध्यक्ष दाहाल र वडा अध्यक्ष बोहोराले उक्त आरोप पुष्टि गर्न चुनौति दिदै खड्कालाई पैसा मागेर धम्क्याउने कार्यमा आफ्नो कुनै सम्लग्नता नभएको दावि गर्दै आएका छन । उनिहरुको पत्रकार सम्मेलन गर्दै विकास निर्माणका कुरामा पारदर्शिता खोज्दा अध्यक्षबाट झुटा अभियोग लगाएको दावि गरेका छन ।


लिखु तामाकोशी गाउँपालिका–१ दुरागाउँमा विद्युतीकरण गर्दा लागेको खर्च भन्दै अध्यक्ष गोविन्दबहादुर खड्काले चालु आर्थिक वर्षको बजेट विनियोजन गर्दा ६ करोड ९५ लाख रुपैया माग गरेपछि अनुगमन समितिकी संयोजक समेत रहेकी उपाध्यक्ष दाहाल र वडा अध्यक्षहरुले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।


बत्ति बलिसकेकाले योजना अनुगमन गरी लागेको पैसा विनियोजन गर्ने उनीहरुको अडान अध्यक्षलाई स्वीकार्य नभएपछि कार्यपालिकाको बैठकमा झगडा भएको थियो । विवादका कारण असारमै पारित गर्नुपर्ने गाउँपालिकाको बजेट अझैसम्म हुन सकेको छैन ।


अध्यक्ष र उपाध्यक्षबीच झगडा भएपछि एक महिनायता गाउँपालिकाको सबै काम ठप्प छ । प्रमुख प्रशासकीय अधिकृत समेत लामो तालिममा हिडेका छन् । जनप्रतिनिधिहरु मुद्दा–मामिलामा लागेपछि काम प्रभावित भएका हो ।


यो पनि पढ्नुहाेस्...

अध्यक्ष–वडाध्यक्ष झगडा : धम्क्याउनेलाई गोली हानेर पक्राउ

प्रकाशित : भाद्र १६, २०७६ १२:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?