कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टीकापुर घटनाका ४ वर्ष : सामाजिक सद्भावसँगै फेरि थारुवान प्रदेशको मुद्दा 

५ हजार बढी सुरक्षाकर्मी परिचालन

टीकापुर — थारुवन प्रदेशको माग गर्दै जारी थरुहट आन्दोलनका क्रममा भएको टिकापुर घटनाको आज ४ वर्ष पुगेकाे छ । धेरैले आजको दिनलाई कालो दिन मान्छन् । ०७२ भदौ ७ को उक्त घटनामा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र डेढ वर्षीय बालक टेकबहादुर साउँदको ज्यान गएको थियो । 

टीकापुर घटनाका ४ वर्ष : सामाजिक सद्भावसँगै फेरि थारुवान प्रदेशको मुद्दा 

उक्त घटनाको चार वर्षपछिको दिन शनिबार टीकापुर बजार शान्त छ । तर सुरक्षाकर्मीको चहलपहल बढी छ । चोकचोकमा सशस्त्र प्रहरी परिचालन छन् । सिटी भवनमा टेन्ट गाडिएका छन् । थरुहट/थारुवानको सम्मेलन आजबाट तीन दिनका लागि सुरु हुॅदै छ ।


सम्मलेनस्थललाई सुरक्षाकर्मीले घेरेका छन् । कार्यक्रम स्थलमा प्रवेशका लागि सुरक्षाकर्मी र थरुहट कार्यकर्ताको दोहोरो सुरक्षा जाँचको व्यवस्था गरिएको छ । स्थानीय प्रशासनले फेरि त्यस्तो घटना दोहोरिन नदिन कडा सुरक्षा सावधानी अपनाएको छ ।


टीकापुरमा उच्च सुरक्षा अधिकारीहरु शुक्रबार नै आइसकेका छन् । ५ हजार बढी सुरक्षाकर्मी तैनाथ गरिएको बताइएको छ ।


त्यतिबेला अशान्त टीकापुर बजार लयमा फर्किसकेको छ । तर स्थानीयबीचको मन भने टीकापुर घटना हुनु अगावैको जस्तो जोडिइसकेको छैन ।


शनिबार बिहानै टीकापुरमा परिचालन गरिएका सुरक्षाकर्मी । तस्बिर : कान्तिपुर

यही मुद्दालाई टेकेर थारु कल्याणकरणी सभाले फेरि टीकापुरबाट संविधान संशोधनसहित थरुहट/थारुवन स्वायत्त प्रदेशको मुद्दा उठाएको छ । कार्यक्रमको मुल नारा ‘थरुहट एकता र सामाजिक सद्भावका लागि टीकापुर राष्ट्रिय सम्मेलन, संविधान संशोधनसहित थरुहट/थारुवान स्वायत्त प्रदेशका लागि हाम्रो आन्दोलन’ तय गरिएको छ । कार्यक्रममा सहभागि जनाउन पूर्वदेखि पश्चिमसम्मका थारु अगुवा टीकापुर आउने क्रम जारी छ ।


०७२ भदौ ७ गतेको घटनापछि टीकापुरले सद्भावको लिक बिराएको थियो । कारोडौंको सम्पति नष्ट भएको थियो । घरहरु जलाइएका थिए । कतिपय विस्थापित भए । लामो समयसम्म स्थानीयले कर्फ्यूको सास्ती व्यहोरेका थिए । ‘टीकापुर घटनाकै दिन पारेर सामाजिक सद्भाव र राष्ट्रिय सम्मेलन आयोजना गरेका हौं,’ थारु कल्याणकारणी सभाका केन्द्रीय अध्यक्ष मीनराज चौधरी भन्छन्, ‘सम्मेलनमा देशभरीका थारु अगुवाहरु मात्रै होइनन्, लेखक राजनीतिक विश्लेषकहरु पनि सहभागी हुँदै छन् ।’ पूर्वप्रधानमन्त्री तथा संघीय समाजवादी पार्टीका नेता बाबुराम भट्टराई पनि कार्यक्रममा सहभागी हुन टीकापुर आइसकेका छन् ।


शनिबार बिहानै टीकापुरमा परिचालन गरिएका सुरक्षाकर्मी । तस्बिर : कान्तिपुर

आयोजकले १० हजार बढीको सहभागिता हुने दाबी गरेको छ । उक्त घटनाका मुख्य दोषी मानिएका राजपाका निलम्बित सांसद रेशम चौधरीलाई अदालतले जन्म कैदको सजाय सुनाइसकेको छ । थारु नेता लक्षमण चौधरीसहित रिहा भएका छन् । यो सम्मेलनमा निलम्बित सांसद चौधरी बारे छलफल हुने आयोजकले जनाएको छ । सामाजिक सद्भावका लागि टीकापुरका अन्य समुदायले पनि सहयोग गरिरहेका छन् ।

प्रकाशित : भाद्र ७, २०७६ ११:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?