गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु, २ बेपत्ता, २ घाइते (अपडेट)

माधव अर्याल, घनश्याम गौतम

पाल्पा — गुल्मीमा पहिरोमा पुरिएर १० जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवती गाउापालिकाको २ वटा वडामा पहिरोले घर पुरिादा १० जनाको मृत्यु भएको हो ।सत्यवति गाउापालिकाको लिम्घामा ८ जना र ठुलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ ।

सत्यवति गाउापालिका वडा नम्बर ४ को लिम्घा भीरकुनामा ८ जनाको मृत्यु भएको छ ।

मृतकमध्ये ६ जनाको शव पहिरोबाट बाहिर निकालिएको छ । पहिरोले पुरिएका २ जनाको शव निकाल्ने काम भइरहेको स्थानीय प्रकाश भट्टराईले जानकारी लिए ।

मृत्यु हुनेहरुमा ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । त्यस्तै सोहि गाउापालिका ३ को ठूलोलुम्पेक कसिनडााडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी तरामु, ९ वर्षीय दर्शन तरामुको मृत्यु भएको हो ।

सोहि वडाको दाङसिंगामा रुद्र बिकको घर पहिरोले बगाएको छ । पहिरोले घर बगाउादा ४० वर्षीय माया बिक र १६ वर्षीय बबि बिक बेपत्ता भएका छन् । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षीय करिश्मा तरामु र १३ वर्षीय धनी तरामु घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको ठूलोलुम्पेकस्थित स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

पहिरोले लिम्घामा १५ घर जोखिममा रहेका छन् । यस्तै सिङदीमा ५५ घर जोखिममा रहेकाले ठूलोलुम्पेकस्थित धर्मपुर माविमा शरण लिएको स्थानीय शिक्षक दुर्गा तरामुले बताए । थप राहत र उद्धारको लागि जिल्ला बिपद व्यवस्थापन समिति तयारी अबस्थामा राखिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेले बताए । घटनास्थलमा नेपाली सेना, सशस्त्र, जनपथ प्रहरीको टोली पुगेको छ । उसले उद्दारको काम गरिरहेको र स्थानीय बासिन्दाले पनि सघाएको पौडेलले बताए ।

प्रकाशित : श्रावण ७, २०७६ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्

पार्टी एकतापछिका बाँकी काम साउनभित्रै टुंग्याउँछौं : दाहाल

विपिन श्रीस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको काम केही दिनभित्रै टुंग्याउने बताएका छन् । ४१ औं पुष्पलाल स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकताको काम करिब-करिब निष्कर्षमा पुगेको जानकारी दिएका थिए ।

‘एक, दुईटा विषयमा औपचारिकता दिनमात्रै बाँकी छ। केही दिनभित्र सबै कुरा टुङ्ग्याउFछौं,’ उनले भने। दाहालले साउन महिनाभित्रै पार्टी एकताको बाँकी काम टुंग्याउने, स्थायी कमिटी (समिति) र केन्द्रीय कमिटी (समिति)को बैठक बसी देशव्यापी अभियानमा जाने कार्यक्रम बनाउने बताए।

‘एक वर्षमा पार्टी एकता, कार्यविभाजन ढिलो भयो, हजारौं लाखौं नेता कार्यकर्ताहरुले काम गर्ने सकारात्मक वातावरण बनेन भन्ने चिन्ता थियो, त्यो चिन्तालाई दुर गर्ने, कार्यकर्तालाई आम रुपमा उत्साहित गर्ने, जनतालाई उत्साहित गर्ने, सुशासन र विकासमा एउटा मोडेल प्रस्तुत गर्ने उद्देश्यका साथ जानु छ,’ दाहालले भने।

दुई पार्टी एक हुन सक्दैनन् भन्ने प्रतिक्रियावादीको भ्रम फैलाउने कोसिसलाई पार गर्दै अघि बढेको भन्दै अध्यक्ष दाहालले त्यसरी नै पार्टी एकता सुदृढ हुँदैन भन्नेलाई पनि जवाफ दिनुपर्ने बताए।
अध्यक्ष दाहालले आफूहरु पुष्पलालकै सन्तति र उत्तराधिकारी भएको बताए थिए।

विभाजन भएको पार्टीलाई एकतावद्ध गर्ने प्रयास र पञ्चायत विरुद्ध मिल्न सक्नेलाई मिलाउने काम पुष्पलालले गरेको भन्दै अध्यक्ष दाहालले भने, ‘हामी पुष्पालकै सन्तति हौं पुष्पलालकै उत्तराधिकारी हौं।’ पुष्पलालको सपना अनुसार जनवादी क्रान्ति पुरा भएको र अब समाजवादतर्फ जाने दाहालको भनाई थियो।

अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा तेस्रो महाधिवेशनपछि एकले अर्कालाई अवसरवादी, गद्दार, दलाल भन्ने श्रृङ्खला नै चलको र त्यस समयमा पुष्पलाललाई बेसरी गाली गर्ने स्कुल (विचारधारा) पनि भोगेको बताए। पुष्पलालले निरंकुश राजतन्त्र र पञ्चायती शासन विरुद्ध गरेको आन्दोलन सबैभन्दा महत्वपूर्ण भएको दाहालको भनाइ थियो। पुष्पलालको लाइनबाट नै तानाशाही पञ्चायती व्यवस्थाको अन्त्य भएको उनले बताए।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता एवं पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले पार्टी एकीकरण गर्न विलम्ब भएको बताए। ‘जुन काम पहिल्यै गर्न सकिन्थ्यो त्यसको निम्ति समय लाग्यो। तर अब कार्यविभागन गर्दै अगाडि बढ्नुपर्छ।’ नेता नेपालले पार्टीभित्र राम्रा र नराम्रा दुवै प्रवृति हुने भन्दै पार्टीको छवि धुमिल हुनबाट जोगाउन पार्टी शुद्धिकरण गनुपर्ने बताए।

नेता झलनाथ खनालले आधारभुत रुपले नेपाल कम्युनिष्ट पार्टी ठिकै दिशातर्फ अगाडी बढेपनि चुनौतिहरु देखापर्न थालेको बताए। नेकपाको काँधमा जनताको विश्वास कायम राख्दै सिंगो समाज रुपान्तरण गर्नुपर्ने अभिभारा रहेको उनको भनाइ थियो।

पुष्पलालका भाइ विजयलाल श्रेष्ठले भ्रष्टाचार लगायतका समस्या रोक्न नसके नेपाल कम्युनिष्ट पार्टीलाई पनि जनताले साथ नदिने बताएका थिए।

पुष्पलाल स्मृति प्रतिष्ठानमा भएको कार्यक्रममा नेता वामदेव गौतम, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत नेकपा नेता कार्यकर्ताको उपस्थिति रहेको थियो। अध्यक्ष दाहाल, नेता नेपाल, खनाल, गौतम लगायतले पुष्पलालको शालिकमा मार्ल्यापण गरेका थिए।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि कार्यक्रममा सहभागी हुने जनाइए पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको आयोजकले जानकारी दिएका थिए।

प्रकाशित : श्रावण ७, २०७६ १३:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्