कोकिन र चरेस कारोबारमा संलग्न ३ विदेशीसहित ६ जना पक्राउ

काठमाडौँ — अवैध लागूऔषध कोकिन र चरेसको कारोबारमा संलग्न ३ विदेशीसहित ६ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको लागू्औषध नियन्त्रण ब्युरोले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी कारोबारमा संलग्नहरुलाई सार्वजनिक गरेको हो ।

कोकिन र चरेस कारोबारमा संलग्न ३ विदेशीसहित ६ जना पक्राउ

ब्राजिलबाट ल्याइएको ५ किलो ६ सय ग्राम कोकिनसहित युक्रेनकी ३२ वर्षीया डारिला एन्टोनेन्को र थाई नागरिक २५ वर्षीया एरिया फोनोकलाई पुस ६ गते पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम अनुसन्धानलाई अघि बढाइएको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

प्रहरीले बरामद गरेको कोकिनको बजार मूल्य १२ करोड ९ लाख ६० हजार रहेको पनि जनाएको छ ।

त्यसैगरी, ३३ केजी चरेससहित ४ जनालाई पनि प्रहरीले नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको छ । पुस ४ गते काठमाडौंको चन्द्रागिरि बस्ने वर्ष ६४ का अल्कबहादुर तामाङ, धादिङका २७ वर्षकी स्यानी चेपाङ, चम्पे चेपाङ र ६५ वर्षका भारतीय नागरिक शरप ल्याल्टसेनलाई पक्राउ गरिएको पनि लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ । उनीहरुबाट बरामद गरिएको चरेसको बजार मूल्य १८ लाख १५ हजार रहेको ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक खनालले बताए ।

प्रकाशित : पुस ८, २०७९ १६:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले यस वर्ष ल्याउने वार्षिक नीति तथा कार्यक्रम मुख्य रुपमा कुन क्षेत्रमा बढी केन्द्रित हुनुपर्छ ?