कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु

रासस

काठमाडौँ — काठमाडौंको सिनामंगलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–९ सिनामंगल कार्गो गेटअगाडि बा ५ ख ५६२२ नम्बरको बसको ठक्करबाट काभ्रे घर भई सिनामंगल बस्ने ४२ वर्षीय रामकृष्ण रञ्जितकारको शुक्रबार बिहान मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएका रञ्जितकारको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । बस चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए ।

प्रकाशित : पुस १, २०७९ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?