कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३

घरको पाँचौं तलाबाट खसेर बागबजारमा दुई वर्षीया बालिकाको मृत्यु

रासस

काठमाडौँ — बागबजारमा घरको छतबाट खसेर बालिकाको मृत्यु भएको छ ।

बागबजारस्थित नानीदेवी महर्जनकोे घरको पाँचौं तल्लाको झ्यालबाट खसेर उनकी छोरी दुई वर्षीया रियाशा महर्जनको सोमबार बिहान मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले आइतबार राति आफ्नै घरबाट खसेर गम्भीर घाइते भएकी महर्जनको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको जानकारी दिए ।

घटनाको बारेमा प्रहरी वृत्त कमलपोखरीबाट आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए ।

प्रकाशित : कार्तिक १४, २०७९ ११:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्का दुई ठूला दल कांग्रेस र एमालेले गरेको सत्तासहयात्राको नयाँ सहमतिबारे तपाईंको धारणा के छ ?

×