कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१४

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष प्रजापतिलाई पदबाट नहटाउन सर्वोच्चको आदेश

कान्तिपुर संवाददाता

भक्तपुर — सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगतकृष्ण प्रजापतिलाई पदबाट नहटाउन आदेश दिएको छ । अध्यक्ष प्रजापतिले महासंघ केन्द्रीय समिति, अध्यक्ष विपुल पोखरेल, जिल्ला कार्यसमिति र जिल्ला उपाध्यक्ष सुन्दर शिल्पकारविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले महासंघविरुद्ध रिट जारी हुने फैसला गरेको हो ।

पत्रकार महासंघ भक्तपुरका अध्यक्ष प्रजापतिलाई पदबाट नहटाउन सर्वोच्चको आदेश

महासंघ भक्तपुर शाखाका अध्यक्ष प्रजापतिले गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मध्यपुर थिमि- १ को वडाध्यक्ष पदका लागि उम्मेदवारको मनोनयनपत्र दर्ता गरेका थिए । प्रजापतिले निर्वाचन कार्यतालिकाबमोजिम उम्मेदवारी फिर्तासमेत लिएका थिए ।

महासंघले सोही कारण देखाउँदै प्रजापति स्वतः पदमुक्त भएको भन्दै गत २०७९ जेठ १५ गते निर्णय गरेको थियो । प्रजापतिले सो निर्णयविरुद्ध परमादेश जारी गरी पद बहालीको माग गर्दै सर्वोच्च अदालतमा गत जेठ २० गते उनले रिट दायर गरेका थिए ।

प्रजापतिको तर्फबाट अधिवक्ता लिलानाथ घिमिरे, विष्णु गिरी ‘निश्चल’ र दुर्गादेवी कोइरालाले बहस गरेका थिए भने पत्रकार महासंघका तर्फबाट अधिवक्ता भक्तिराम घिमिरे, अरुण पौडेल र देवराज कार्कीले बहस गरेका थिए ।

प्रकाशित : आश्विन २७, २०७९ २०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?