१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

भद्रकालीमा सवारी पूजा गर्नेको भीड

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडादसैंअन्तर्गत मंगलबार महानवमीको अवसरमा शस्त्रअस्त्र तथा औजारहरू र अटो सोरुम, अटो वर्कसप तथा आफ्ना निजी सवारीहरू पूजा गर्नुअघि धोई, पखाली गाडी सर्भिसिङ गरिन्छ ।

महानवमीको अवसरमा आज बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैं साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गरिएको हो । आजको दिन विशेषतः अटो सोरुमहरूले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरूको विशेष पूजाअर्चना गर्छन् ।

विधिवत् रुपमा गरिने यो पूजालाई विशेष महत्त्वका रुपमा लिइन्छ । नवरात्रको महाअष्टमी/नवमीमा औजारहरूको पूजा गरेमा औजारहरू वा साधनहरू धेरै समय टिक्ने, आफूलाई नाफाउन्मुख गराउनेजस्ता विश्वास राखेर विशेष पूजा गर्ने प्रचलन रही आएको छ ।

प्रकाशित : आश्विन १८, २०७९ १०:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?