कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा महानगरको डोजर

काठमाडौँ — काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडि डोजर चलाएको छ । अस्पताल अगाडि अनधिकृत रुपमा निर्माण गरिएका टहरामा बिहीबार महानगरले डोजर चलाएको हो ।

वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा महानगरको डोजर

नगर प्रहरी, स्थानीय जनप्रतिनिधि र कर्मचारीसहितको टोलीले अस्पताल अगाडि बनाइएका संरचना हटाइरहेको छ । महानगरपालिकाले अवैधानिक रुपमा ती संरचना निर्माण गरिएको भन्दै हटाएको हो ।

अनधिकृत संरचना भत्काउनुअघि महानगरले एकपटक सूचना दिने गरेको छ । अनधिकृत संरचनाको पहिचान महानगरमा आउने सूचना, जनप्रतिनिधिबाट प्राप्त जानकारी, नगर प्रहरीको सूचना, आउने उजुरीहरूको आधारमा गर्ने गरिएको छ । ती संरचनाको वस्तुस्थिति बुझ्न र त्यसलाई भेरिफाई गरेपछि नगर प्रहरीले माइकिङ गर्ने गरेको छ ।

माइकिङ गरेको भोलिपल्टदेखि जुनसुकै समयमा ती संरचना महानगरले भत्काउँदै आएको छ ।

प्रकाशित : आश्विन ६, २०७९ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?