कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्सापास बाहेकका संरचना हटाउन ललितपुर महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौँ — ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सा स्वीकृत बिना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरू ३५ दिनभित्र हटाउन निर्देशन दिएको छ ।

नक्सापास बाहेकका संरचना हटाउन ललितपुर महानगरको ३५ दिने अल्टिमेटम

महानगरले मापदण्ड विपरीत निर्माण भएका सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरी निर्माण भएका स्लोप, टप, र्‍याम्प, सिंढीलगायत संरचना हटाउन आग्रह गर्दै बुधबार सूचना सार्वजनिक गरेको छ ।

त्यस्तै, नक्सा स्वीकृत गर्दा पार्किङ प्रयोजन खुलाई स्वीकृति लिई अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरू लगायत सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरेका संरचनाहरू सुधार गरी वा हटाई कानुन बमोजिम कायम गर्न महानगरले निर्देशन दिएको छ ।

उल्लेखित म्यादभित्र सूचना बमोजिम कार्य नगरे/नगराएमा महानगरपालिका कार्यालयले त्यस किसिमका संरचनाहरू हटाउने पनि जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७९ १२:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?