कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

१७ वटा संस्थालाई कर बुझाउन काठमाडौं महानगरको १० दिने अल्टिमेटम

काठमाडौँ — सम्पत्ति कर नबुझाएका विभिन्न कम्पनी तथा संस्थानहरूलाई काठमाडौं महानगरपालिकाले कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ । खाद्य संस्थान, नेसनल ट्रेडिङ कर्पोरेसन, विद्युत् प्राधिकरण, सिविक हस्पिटल, कर्मचारी सञ्चयकोष, ह्वाइट फिल स्कुल लगायत १७ वटा संस्थान तथा कम्पनीहरूलाई महानगरले अल्टिमेटम दिएको हो ।

१७ वटा संस्थालाई कर बुझाउन काठमाडौं महानगरको १० दिने अल्टिमेटम

काठमाडौं महानगरपालिका राजश्व विभागका प्रमुख शिवराज अधिकारीको हस्ताक्षरसहित महानगरले मंगलबार विज्ञप्ति जारी गर्दै ती संस्थान र कम्पनीहरूलाई अल्टिमेटम दिएको हो ।

'महानगरपालिकाबाट सम्पत्ति कर बुझाउन पटकपटक ताकेता हुँदै आएकोमा हालसम्म पनि नबुजाएको हुँदा विवरणसहित यस पत्र प्राप्त भएको मितिले १० दिनभित्र सम्बन्धित वडा कार्यालयमा गई नियमानुसारको सम्पत्ति कर र सो को जरिवानासहित बुझाउनु अनुरोध छ,' महानगरको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : भाद्र २१, २०७९ १८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?