कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध

काठमाडौँ — बन्चरेडाँडामा फोहोर विसर्जन गर्न गएका गाडीहरुलाई स्थानीयले बिहीबार बिहानैदेखि अवरोध गरेका छन् । बुधबार काठमाडौं, नुवाकोट र धादिङका प्रजिअ र सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुबीच फोहोर विसर्जन सम्बन्धमा ४ बुँदे सहमति भएको थियो ।

सहमतिपछि पनि बन्चरेडाँडामा फोहोर विसर्जनमा अवरोध

स्थानीयले पक्राउ परेका एक जनालाई छुटाउन माग गर्दै फोहोर बोकेको गाडी अवरुद्ध गरेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मनान्धरले जानकारी दिए । पार्किङ गरेर राखिएका फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले स्थानीयलाई पक्राउ गरेको थियो । आरोपी एक जना स्थानीयलाई निःशर्त रिहाइको माग गर्दै उनीहरु आन्दोलित भएको मानन्धरले जानकारी दिए ।

बुधबार भएको ४ बुँदे सहमति पत्रमा सहमतिमा ७ दिनभित्रमा सबै टिपरहरुमा लिचेट नचुहिने व्यवस्था गर्ने, धुलो नियन्त्रण र दुर्गन्ध हटाउन औषधि छर्ने कामलाई प्रभावकारी बनाउने, प्रत्येक ३ दिनभित्र बञ्चरेडाँडा डम्पिङ साइटमा टेपिङ गर्ने काम गर्ने र आसन्‍न निर्वाचनमा अन्तर जिल्ला अपराध नियन्त्रणका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्थाका लागि समन्वय गर्ने भनिएको छ ।

सहमति पत्रमा पक्राउ परेकाहरुलाई छुटाउने विषय उल्लेख नभएपनि मौखिक रुपमा उनीहरुलाई छुटाउने प्रशासनले आश्वासन दिएपनि नुछटेपछि स्थानीय बिहानैदेखि आन्दोलनमा उत्रिएका हुन् ।

बिहीबार दिउँसो धानिङको नौबिसेमा बुधबार भएको सहमतिबारे स्थानीय र सरोकारवालाहरूलाई काठमाडौंका मेयरसहित अन्य पालिकाका जनप्रतिनिधिहरुबीच छलफल हुने तय भएको मानन्धरले जानकारी दिए ।

प्रकाशित : भाद्र २, २०७९ ०९:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?