कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कपडामा लेपन लगाएर दुबईबाट सुन 'तस्करी', ४ जना पक्राउ 

काठमाडौँ — शरीरमा लगाएको कपडामा सुनको लेपन लगाएको पाइएपछि फ्लाई दुबईको उडानद्वारा काठमाडौं आएका दुई र सुन तस्करीमा संलग्न दुई गरी चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।प्रहरीका अनुसार आइतबार फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाडौं आगमन भएका सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ का २४ वर्षीय सोमबहादुर विकले लगाएको र भित्री वस्त्रमा सुनको लेपन लगाएको भेटिएको छ ।

कपडामा लेपन लगाएर दुबईबाट सुन 'तस्करी', ४ जना पक्राउ 

शंकास्पद लागेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले सोमबहादुरलाई नियन्त्रणमा लिई अनुसन्धान गर्दा कपडामा सुनको लेपन लगाएको पाइएको जनाएको छ । अनुसन्धानका क्रममा उक्त सुन तस्करीमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–५ का ३० वर्षीय धनबहादुर विकको समेत संलग्नता पाइएकाले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, सोमबार पनि सोही एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका मोरङ पथरी शनिश्‍चरे नगरपालिका–४ का २८ वर्षीय रिवाज गजमेरले लगाएको पाइन्ट, गन्जी र भित्री वस्‍त्रमा सुनको लेपन गरेको पाइएको छ । अनुसन्धानका क्रममा उक्त सुन तस्करीमा संलग्नताको आरोपमा प्रहरीले सिन्धुली कमलामाई नगरपालिका–५ का २६ वर्षीय सागर न्यौपाने समेत पक्राउ गरेको छ । उनीहरुले लगाएको कपडा नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा परीक्षण गर्दा सुन पुष्टि भएको छ ।

सोमबहादुर विकको कपडाको अन्दाजी तौल १ हजार ग्राम र गलाएपछि आएको सुनको तौल ४१८.३१० ग्राम तथा रिवाज गजमेरको कपडाको अन्दाजी तौल १ हजार ७ सय ग्राम र गलाए पछि आएको सुनको तौल ५५४.४७० ग्राम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई अनुसन्धान एवं कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको जनाएको छ ।

प्रकाशित : भाद्र २, २०७९ ०६:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?