कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

विद्यार्थीलक्षित सवारी जाँच : एकैदिन ३२८ चालक कारबाहीमा

काठमाडौँ — काठमाडौं उपत्यकामा बुधबार एकै दिन ३२८ जना सवारी चालक कारबाहीमा परेका छन् । कलेजका विद्यार्थीहरुको सुरक्षालाई मध्यनजर गर्दै ट्राफिक जाँच अभियान सञ्चालन गरिएकोमा बुधबार काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ३२८ चालकलाई कारबाही गरेको हो ।

तीमध्ये सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी साधन चलाउने २७ जना, आवश्यक कागजपत्र साथमा नराखी सवारी साधन चलाउने ३ जना र विविध कसुरमा २१ जना चालकहरू कारबाहीमा परेका छन् ।

त्यस्तै, बिहानको नियमित चेकिङमा विविध ट्राफिक नियम उल्लंघन गर्ने पानी ट्यांकरका चालक १ सय ७ जना, एम्बुलेन्सका चालक ४ जना र २ सय १६ जना अन्य सवारी चालकहरूलाई पनि ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

बिहानै मदिरा सेवन गरी स्कुल बस चलाउँदै गरेका एक जना कारबाहीमा परेका छन् । यसरी बुधबारमात्रै जम्मा ३ सय २८ चालक कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

प्रकाशित : भाद्र १, २०७९ १६:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्रिय स्वतन्त्र पार्टीले महामन्त्री मुकुल ढकाललाई स्पष्टीकरण सोधेको घटनालाई कसरी बुझ्नु भएको छ ?

x
×