कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बालाजुको जुत्ता कारखानामा लागेको आगो निभाइयो

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं बालाजुस्थित जुत्ता काराखानामा लागेको आगो निभाइएको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपासमा श्रीराम पाण्डेले सञ्चालन गरेको अन वर्ल्ड  फुटवेयरमा बुधबार बिहान ११ बजेर ३५ मिनेट जाँदा लागेको आगो तीन घणटापछि निभाइएको हो ।

बालाजुको जुत्ता कारखानामा लागेको आगो निभाइयो

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बालाजुको जुत्ता कारखानामा लागेको आगो सातवटा दमकल र १७ वटा पानीको ट्यांकरको प्रयोग गरेर नियन्त्रणमा लिएको जानकारी दिए । विद्युत् ‘सर्ट’ भएर आगलागी भएको थियो ।

आगो नियन्त्रणमा लिन काठमाडौं महानगरपालिकाका दुई, ललितपुर महानगरपालिकाका दुई, भक्तपुर नगरपालिकाको एक, नेपाली सेनाको एक र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक दमकलको प्रयोग गरिएको थियो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी उपरीक्षक, विभिन्न वृत्तका प्रमुखसहितको एक सय ७५ जनाको टोली यस कार्यमा खटिएको प्रवक्ता मैनालीले बताए ।

यस्तै, नेपाली सेनाको कालीध्वज गणबाट एक सय ३३ र सशस्त्र प्रहरी गुल्म बाघ भैरबबाट ५० जनाको टोली खटिएको थियो । आगलागीमा करोडौंको सामान क्षति भएको प्रवक्ता मैनालीले जानकारी दिए । घटनाका बारेमा प्रहरी वृत्त बालाजुले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : श्रावण २५, २०७९ १६:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?