कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

राजस्व कार्यालयका अधिकृत ३० हजार घूस रकमसहित रंगेहात पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — आन्तरिक राजस्व कार्यालय लाजिम्पाटबाट कम्प्युटर अधिकृत विन्दु प्रधान श्रेष्ठ ३० हजार घूस रकमसहित पक्राउ परेकी छन् । 

राजस्व कार्यालयका अधिकृत ३० हजार घूस रकमसहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले श्रेष्ठलाई बुधबार कार्यालय परिसरबाटै रंगेहात पक्राउ गरेको जनाएको छ। यसअघि मंगलबार अख्तियारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई साढे २२ लाख नगदसहित नियन्त्रणमा लिएको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उपसचिव नेपाललाई नागपोखरीस्थित एक होटेलबाट नियन्त्रणमा लिएको थियो।

अख्तियारको नियन्त्रणमा रहेका उपसचिव नेपालको गाडीबाट थप साढे १६ लाख बरामद


प्रकाशित : श्रावण १८, २०७९ १८:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?