कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

दुर्घटनापछि फरार बोलेरो चालक प्रहरी नियन्त्रणमा

काठमाडौँ — ललितपुर महानगरपालिका ८ बालकुमारीस्थित केएफसी रेष्टुरेन्ट अगाडि सडकमा गुडिरहेको स्कुटरलाई दूध बोक्ने गाडीले ठक्कर दिँदा स्कुटर चालक एक युवतीको मृत्यु भएको छ ।

जिपको ठक्करबाट स्कुटर चालकको मृत्यु

दुर्घटनामा स्कुटरको पछाडि बसेकी युवती भने घाइते भएकी छन् । प्रहरीका अनुसार आइतबार कोटेश्वरबाट सातदोबाटोतर्फ आउँदै गरेको दूध बोक्ने बोलेरो गाडीले विपरीत दिशाबाट आउँदै गरेको बा ४५ प १३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट घाइते भएका स्कुटर चालक चितवन घर भइ ललितपुर धोबीघाट बस्ने २३ वर्षीया रेखा थापा सकुन्तला घर्तीलाई उपचारका लागि बीएण्डबी अस्पताल लगिएको थियो । उपचारको क्रममा थापाको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

स्कुटर चालक थापाको उपचारका क्रममा मृत्यु भएको हो भने घाइते सकुन्तला घर्तीलाई थप उपचारका लागि ट्रमा सेन्टर पठाइएको ।

दुर्घटनापछि फरार रहेका प्रदेश ३-०१-०२२-च ९१७९ नम्बरको बलेरो चालकलाई प्रहरीले सल्लाघारीबाट पक्राउ गरेको जनाएको छ । सिन्धुपाल्चोक बलेफी गाउँपालिका वडा नं ६ का २६ वर्षीय रेलबहादुर मगरलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : श्रावण ९, २०७९ १९:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?