२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

गभर्नर अधिकारीविरुद्ध माइतीघरमा युवा-विद्यार्थीको प्रदर्शन

गभर्नर महाप्रसाद अधिकारी एमालेमा आवद्ध रहेको भन्दै अखिल क्रान्तिकारी र वाईसीएलका नेता तथा कार्यकर्ताले उनलाई कारबाहीको माग गरे

काठमाडौँ — नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र योङ कम्युनिस्ट लिग (वाइसीएल) ले गभर्नर महाप्रसाद अधिकारीको बर्खास्तगी माग गर्दै माइतीघरमा प्रदर्शन गरेका छन् । 

गभर्नर अधिकारीविरुद्ध माइतीघरमा युवा-विद्यार्थीको प्रदर्शन

युवा र विद्यार्थी संगठनले अधिकारी नैतिक रुपमा गभर्नरको पदमा बसिरहन नमिल्ने भन्दै बुधरबारदेखि सडक संघर्ष सुरु गरेका हुन् ।नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभाग सदस्य बनेको खुलासा भएसँगै संसद् र सडकमा उनीमाथि छानबिन, राजीनामा र बर्खास्तको माग उठेको हो ।

यसअघि अखिल (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले विज्ञप्ति जारी गर्दै गभर्नर अधिकारीको राजीनामा माग गरेकी छन् । गभर्नर अधिकारी एमालेको अर्थ, योजना विभागको सदस्य रहेको भन्दै क्रान्तिकारीले उनलाई बर्खास्त गर्न सरकारसँग माग गरेको हो ।

प्रकाशित : असार २९, २०७९ १७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?