कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भक्तपुरमा बसको ठक्करबाट एकको मृत्यु, एक घाइते

भक्तपुर — अरनिको राजमार्ग अन्तर्गत मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरस्थित बस र स्कुटर आपसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । 

प्रहरीका अनुसार मंगलबार दिउँसो भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख २२१२ नम्बरको बस र सोही दिशातर्फ जाँदै गरेको बा ७८ प १०८३ नम्बरको स्कुटर आपसमा ठोक्किएर दुर्घटना हुँदा स्कुटरमा सवार रामेछापका २४ वर्षीया रेजिना तामाङको मृत्यु भएको छ ।

दुर्घटनामा सख्त घाइते तामाङको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा मृत्यु भएको भक्तपुर प्रहरी प्रवक्ता डीएसपी राजु पाण्डेले बताए ।

दुर्घटनाबाट स्कुटर चालक रामेछाप दोरम्बा गाउँपालिका–५ घर भइ काठमाडौं जडिबुटी बस्ने १८ वर्षीय सिद्धार्थ मगर घाइते भएका छन् । घाइते मगरको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक काभ्रेपलान्चोक तिमाल गाउँपालिका–५ नारायणस्थानका ५० वर्षीय पोते तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : असार २१, २०७९ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?