कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु

काठमाडौँ — काठमाडौँको बल्खुमा गाडीको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१४ बल्खु तरकारी बजार नजिक सडकमा बा१३च ६४१९ नंको गाडीको ठक्करबाट भारत महाराष्ट्र घर भएका योगिता बन्सुरको पाँच वर्षीय छोरा आयुष बन्सुरको आइतबार मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते आयुषको उपचारका क्रममा बयोधा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनामा योगिता भने घाइते भएको र योगिताको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ । दुर्घटनामा संलग्न चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १९, २०७९ २०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?