कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

ललितपुर र भक्तपुरका मेयरबीच सम्पदा संरक्षणबारे छलफल

काठमाडौँ — ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिबीच बुधबार भेटवार्ता भएको छ । मेयरमा दोहोरिएर निर्वाचित भएका महर्जन र प्रजापतिले भेटमा दुई सहरको सांस्कृतिक महत्वलाई कायम राख्दै सम्पदा पुनःनिर्माणको नीतिबारे छलफल गरेका छन् ।

ललितपुर र भक्तपुरका मेयरबीच सम्पदा संरक्षणबारे छलफल

छलफलका लागि मेयर महर्जन भक्तपुर नगरपालिकाको कार्यालयमा पुगेका थिए । भेटमा मेयर महर्जनले सम्पदा पुननिर्माणमा भक्तपुर नगरपालिका अग्रस्थानमा रहेको बताउँदै सांस्कृतिक महत्वका सम्पदा संरक्षणमा ललितपुर महानगरपालिकाले समेत विशेष कार्यक्रमहरू सञ्चालन गरिरहेको बताएका थिए ।

उनले भक्तपुरले सम्पदा संरक्षणमा लिएको नीति र योजनाबारे जानकारी लिएका थिए । मेयर महर्जनले सम्पदा संरक्षणको मामिलामा ललितपुरभन्दा भक्तपुर अगाडि रहेको बताउँदै ललितपुरले पनि भक्तपुरको सिको गर्दै अगाडि बढिरहेको बताए ।

भक्तपुरका मेयर प्रजापतिले भक्तपुरमा हरेक वर्ष दस वटा सम्पदा पुनर्निर्माण गर्ने नीति लिएको बताएका थिए ।

प्रकाशित : असार १५, २०७९ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?