कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जबर्जस्ती करणी आरोपमा युवक पक्राउ

भक्तपुर — भक्तपुरस्थित एक रिसोर्टमा सँगै बसेकी युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले सूर्यविनायक नगरपालिका-२, बालकोटका २५ वर्षीय मनिष खत्रीलाई रिसोर्टमा सँगै बसेकी २२ वर्षीय युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ गरेको हो ।

मनिष र ती युवती सोमबार साँझ सूर्यविनायक नगरपालिका-९, बाँसघारीस्थित रुहोसा रिसोर्टमा बसेका थिए । तर, युवतीले मंगलबार बिहान ४ : १५ बजे आफूलाई मनिषले जबर्जस्ती करणी गरेको भन्दै प्रहरीलाई फोन गरेकी थिइन् । युवतीको उजुरीका आधारमा प्रहरीले मनिषलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसरका डीएसपी राजु पाण्डेले रिसोर्टमा समझदारीमै सँगै बसेकी युवतीलाई मनिषले जबर्जस्ती करणी गरेको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको जानकारी दिए ।

'दुई जना समझदारीमै रिसोर्टमा बसेको देखिन्छ । पछि युवकले जबर्जस्ती करणी गरेको युवतीको आरोप छ,' उनले भने, 'युवतीको उजुरीका आधारमा हामीले कानुनबमोजिम अनुसन्धान अघि बढाएका छौं ।'

प्रकाशित : असार १४, २०७९ १७:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?