कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुरमा ठेलामा पानीपुरी र चटपटे बिक्रीमा रोक

रासस

ललितपुर — ललितपुर महानगरपालिकाले हैजा नियन्त्रणका लागि पानीपुरी बिक्री वितरणमा रोक लगाएको छ । काठमाडौं उपत्यकामा हैजा देखिएकाले ललितपुर महानगरको २९ वटै वडामा फैलिन नदिन पानीपुरीमा रोक लगाइएको हो ।

ललितपुरमा ठेलामा पानीपुरी र चटपटे बिक्रीमा रोक

बाटोबाटोमा ठेला गाडामा पानीपुरी, चटपटे तथा पानी खाँदा रोग फैलने हुँदा नियन्त्रणका लागि ठेलागाडा पसल सञ्चालनमा रोक लगाइएको नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले बताए । उनले भने, 'अहिले हावापानी दूषित छ, फोहर पानी खाँदा हैजा फलन सक्छ ।'

कतिपयले जारको भन्दै धाराको दूषित पानी खुवाउने गरेको पाइएको महानगरले जनाएको छ । हालका लागि सडकमा पानीपुरी र चटपटे बेच्न रोक लगाइएको हाछेँथुले बताए । महानगरले माइकिङ गर्दै २९ वटै वडामा जनचेतना फैलाउने काम गरिरहेको छ । स्वास्थ्यमा प्रतिकूल असर गर्ने क्रियाकलाप नियन्त्रण गर्नु आफ्नो कर्तव्य भएको महानगरले जनाएको छ ।

एक सातामा रोग नियन्त्रणमा नआए पानीपुरी बिक्री वितरणमा थप कडाइ गरिने हाछेँथुले जानकारी दिए ।

प्रकाशित : असार १२, २०७९ १४:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?