कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड 

काठमाडौँ — ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७९/०८० लागि ६ अर्ब ३५ करोड ३५ करोड ३ हजार रुपैयाँको बजेट ल्याएको छ । 

ललितपुर महानगरको शुक्रबारको नगरसभामा नगरप्रमुख चिरीबाबु महर्जनले उक्त बजेट पेस गरेका हुन् । महर्जनले नगरसभामा बजेट तथा नीति प्रस्तुत गर्दै यो बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने बताए । महानगरलाई नागरिकमैत्री स्थानीय सरकारको परिचय स्थापित गर्ने संकल्प पूरा गर्ने महानगर प्रमुख महर्जनको भनाइ थियो ।

उपप्रमुख मंजली शाक्यले आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रम जनपक्षीय र परिणाममुखी भएको बताइन् । महानगरलाई सुन्दर नगर बनाउन केही नयाँ योजनाहरु थपिएको उनले बताइन् ।

असार १६ गते नगरसभाको अर्को बैठक बोलाइएको छ ।

प्रकाशित : असार १०, २०७९ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?