कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंमा सार्वजनिक शौचालयका लागि ३३ संस्थाले गरे महानगरसँग सम्झौता

काठमाडौँ — काठमाडौं महानगरपालिकासँग आफूसँग भएका शौचालय उपयोगमा ल्याउनका लागि ३३ वटा व्यवसायिक संस्थाले सम्झौता गरेका छन् । रेस्टुरेन्ट, बैंक, विजनेस कम्प्लेक्ससहित ३3 वटा संस्थाका प्रतिनिधिहरुले सोमबार महानगरसँग सम्झौता गरेको महानगरले जनाएको छ ।

काठमाडौंमा सार्वजनिक शौचालयका लागि ३३ संस्थाले गरे महानगरसँग सम्झौता

सार्वजनिक शौचालय सर्वसाधारण प्रयोगकर्तालाई चिन्न सजिलो हुनेगरी एउटै संकेत चिन्ह तयार पारिएको छ। गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको छ । उक्त लोगोको बिच भागमा सेतो रङ्मै महिला र पुरुषको चिन्ह रहेको छ । संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ ।

महानगरका मेयर बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोलको रोहबरमा उक्त सम्झौतामा महानगरकातर्फबाट निर्देशक नुरनिधि न्यौपानले हस्ताक्षार गरेका थिए । ।

५ वर्षसम्मका लागि ती स‌ंस्थाले सार्वजनिक प्रयोगका लागि शौचालयन उपलब्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । शौचालयको सम्पूर्ण मर्मत सम्भार र सरसफाइ उनीहरुले नै गर्नेछन् । हरेक ४/४ महिनामा शौचालयको अनुगम र मूल्यांकन हुने सम्झौता पत्रमा उल्लेख छ । दुवै पक्षबाट एक/एक जना प्रतिनिधि मूल्यांकनका लागि खटिनेछन् ।

महानगरपालिकाले इच्छुक संस्थाहरुलाई आफूसँग भएको शौचालयक प्रयोग गर्न दिने सम्बन्धमा महानगरको निजी साझेदारी एकाईमा सम्पर्क गर्न भनेको थियो । त्यो बीचमा ३८ वटा संस्था सम्पर्कमा आएको महानगरले जनाएको छ । तीमध्ये केहीले आफैं शौचालय निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित : असार ७, २०७९ १७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?