काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — असार १ देखि देशैभर मतदाता नामावली संकलन र राष्ट्रिय परिचय पत्र वितरण भइरहेको छ । निर्वाचन आयोगले संघ र प्रदेश निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन सुरु गरेको छ भने मतदाता नामावलीसँगै राष्ट्रिय परिचय पत्रको वितरण पनि सुरु गरेको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![काठमाडौंमा राष्ट्रिय परिचय पत्र वितरण सुरु](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2022/third-party/national-id-card-9-1762022083657-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
सरकारले परिचय पत्र वितरण सुरु गरे पनि सेवा लिन आउने जनताले भने सहजै नपाएको गुनासो गरेका छन् । काठमाडौं महानगरपालिका भित्रका नागरिकको लागि राष्ट्रिय सभागृहमा राष्ट्रिय परिचय पत्र बनाउने व्यवस्था गरिएको छ ।
परिचयपत्र बनाउनका लागि सर्वसाधरणहरु बिहान ४ बजेदेखि लाइनमा बसे पनि बेलुका चार बजेसम्म पालो नआएको काठमाडौं महानगर वडा नम्बर २ का जगतमोहन श्रेष्ठले न्युज एजेन्सी नेपालसँग बताएका छन् । उनले अनलाइन फारम भरेर आएपछि फोटो खिच्ने काम भए पनि धेरै समय लागेको बताए ।
श्रेष्ठले सरकारले नागरिकता र राष्ट्रिय परिचय पत्र एउटै काम गर्ने भए नागरिकता र परिचय पत्र दुवै काम नभएको भन्दै राष्ट्रिय परिचयपत्र खारेज गर्नुपर्ने बताए ।
त्यस्तै, अर्का सर्वसाधारण हिमबहादुर बोहोराले जिल्ला प्रशासन कार्यलयले सभागृहमा पठाए पनि सभागृहमा आज काम नहुने भोलि मात्रै काम हुने भनेको बताए । उनले आफ्नो छोरीको समेत राष्ट्रिय परिचय पत्र बनाउन लागेको बताए । बोहोराले बिहानदेखि लाइन बसियो तर पालो आएपछि आज काम नहुने भनेर फर्किन लागेको बताए । उनले छोरी विदेश पढ्न जानको लागि नागरिकताले मात्रै राहदानी नबन्ने भएकोले राष्ट्रिय परिचय पत्र बनाउन आएको बताए ।
बोहोराले स्थानीय निकायको निर्वाचनमा सबै काम वडाबाट नै गछौं भन्ने तर अहिले सभागृह जानु भनेर निर्देशन दिनु राम्रो नभएको बताए ।
प्रकाशित : असार ३, २०७९ १२:२१