कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्कली भ्याट बिल बनाउने विरुद्ध मुद्दा दायर

रासस

काठमाडौँ — नक्कली तथा झुट्टा मूल्य अभिवृद्धि कर विजक खरिद गरी वित्तीय विवरण तथा आयकर विवरण तयार गरी राजस्व छली गरेको अभियोगमा निरज ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालकहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरिएको छ । 

विभागका अनुसार चितवनको भरतपुर महानगरपालिका–३ मा व्यवसाय गर्ने पर्साको वीरगन्ज महानगरपालिका–१० का श्रीराम ठाकुर र जटाशंकर जैसवालविरुद्ध यही जेठ ५ गते मुद्दा दायर गरिएको भए पनि सोमबार जानकारी दिइएको हो ।

विभागले मूल्य अभिवृद्धिकरतर्फ रु दुई करोड ४१ लाख ३५ हजार ९४१ र आयकरतर्फको रु पाँच करोड ५७ लाख १६ हजार ६१२ बराबरको बिगो दाबी गरेको छ । विभागले बिगो र जरिवानासहित रु १५ करोड ९७ लाख पाँच हजार १०६ बराबरको मागदावी गर्दै मुद्दा दायर गरेको छ ।

प्रकाशित : जेष्ठ ९, २०७९ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?