दक्षिणकालीमा आचार्य र बस्नेतबीच कडा टक्कर


काठमाडौँ — काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्य र नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेतबीच कडा टक्कर देखिएको छ ।



जारी मतगणनामा आचार्यले ३ मतले लिड गरेका छन् । उनले ९१३ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार बस्नेतले ९१० मत पाएका छन् । त्यस्तै, राप्रपाका ज्ञानभक्त अमात्यले ८२ र जसपाका चण्डेराज तामाङ्गले १३ मत पाएका छन् ।